IME Life
Beema Board

मेरो माइक्रोफाइनान्सद्धारा दुई विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेडले नुवाकोट र रसुवाका समुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बेलकोटगढि नगरपालिकाको श्री कल्याणिदेबि माध्यामिक बिद्यालयका ६० जना, श्री बागेश्वरी प्राथमिक बिद्यालयका ५० जना त्यस्तै बिदुर नगरपालिकाको आगापुटार स्थित श्री शुलक्षणा माध्यमिक बिद्यालयका १०८ जना बिद्यार्थिहरु लाभान्वित भएका थिए ।

त्यस्तै रसुवाको उत्तरगया गाउपालिका मनिगाउँ स्थित श्री भुवनेश्वरी आधारभूत बिद्यालयका ५२ जना विद्यार्थीहरुले आइतबार र सोमबार प्रति विद्यार्थी एक दर्जन कापी , पेन्सिल र झोला शैक्षिक सामाग्री वितरण गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कम आयस्रोत भएका अभिभावकहरूको बालबालिकाहरुलाई आवश्यक सामाग्री प्रदान गर्दा बिद्यार्थिहरुको मनोबल बढ्नुको साथै ग्राहक, समाज र संस्थाबिच आत्मीय सम्बन्धमा बढावा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले बताए ।

संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा तथा बिभिन्न सामाजिक चेतनासम्बन्धी क्षेत्रमा सहयोग पुर्याउँदै आएको फाइनान्सले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रहरु गर्दै जाने बताए ।

मेरो माइक्रोफाइनान्स नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिब २ लाख भन्दा बढी गरिव तथा विपन्न घरपरिवारहरुलाई लघुवित्त वित्तीय सेवा प्रदान गरिरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS