Connect IPS
IME Life

क्यापिटल प्लान: बीमा कम्पनीले हकप्रद मार्फत मात्रै पूँजी जुटाउन नपाउने, ‘मर्जरमा जोड’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले कम्पनीहरुलाई हकप्रद मार्फत मात्रै पूँजी जुटाउने गरी क्यापिटल प्लान नबनाउन अनुरोध गरेको छ । केहि बीमा कम्पनीहरुले हकप्रद मार्फत मात्रै पूँजी जुटाउने योजना पेश गरेकाले यस्तो क्यापिटल प्लानलाई समितिले स्वीकार नगर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

उनले भने ‘हामीलाई यति पूँजी नपुग भए पछि यतिसम्म तपाईहरुले राइट ल्याउन दिनु पर्यो भन्नु पर्यो । यो होइन कि पहिला एक बराबर एक हकप्रद शेयर निष्काशन गर्ने ।’ उनले थपे ‘तपाईले राइटदेखि बाहेकका कहाँ कहाँबाट पूँजी ल्याउदै हुनुहुन्छ । पहिला त्यो ल्याउनुहोस् ।’

Prabhu
Crest

तर बीमा समितिका अध्यक्ष सिलावलले भने जस्तो अहिलेको अवस्थामा अधिकाम्स बीमा कम्पनीले बोनस शेयर दिन सक्ने अवस्था छैन । नयाँ आएका जीवन तथा निर्जीवन बीमा कम्पनीहरु सँग बोनस शेयर दिन सक्ने क्षमता नै छैन । पुराना बीमा कम्पनीहरुले पनि बोनस शेयर दिएर पूँजी बृद्धि गर्न सक्ने देखिदैन ।

समितिले सिधै एक बरारबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न नदिने भन्नुको मतलब बीमा कम्पनीहरुले पूँजी बृद्धिको योजना पुरा गर्न मर्जरको योजना बनाउनु पर्ने देखिन्छ । खासमा बीमा समितिले अहिलेको अवस्थामा पूँजी बृद्धि योजना भन्दा पनि मर्जरको प्लान पेश गर्न अनुरोध गरेको जस्तो देखिन्छ ।

बीमा समिति स्रोतका अनुसार अहिलेको क्यापिटल प्लानले बीमा कम्पनीको संख्या घटाउनुका साथै बीमा कम्पनीको आकार बढाउने रणनीति बनाएको छ । त्यसैले बीमा समितिले एकै पटक १५० प्रतिशतले क्यापिटल बढाउन निर्देशन दिएको हो ।

बीमा समितिले क्यापिटल प्लान ल्याएको भोलि पल्टै विरोध गर्दै आकस्मिक बैठक बसेका बीमा कम्पनीका लगानीकर्ताहरुले बीमा समितिको अध्यक्ष सँगको भेट पछि सार्वजनिक रुपमा अभिव्यक्ति नै दिन छाडेका छन् । उनिहरु सँगको भेटमा अध्यक्ष सिलवालले क्यापिटल प्लानले तपाईहरुको पूँजी असुरक्षित हुन थाल्यो त्यसैले सुरक्षित बनाउन यस्तो नीति ल्याएको भन्दै ब्रिफिङ गरेका थिए । उनले पहिला क्यापिटल प्लान ल्याउन अनुरोध गरेका छन् । क्यापिटल प्लान हेरेर बीमा कम्पनीहरुलाई आवस्यक निर्देशन दिने प्रतिवद्धता व्यक्त समेत गरेका छन् ।

समितिले सकेसम्म कमजोर कमजोर बीमा कम्पनीहरु मिल्न समेत अनुरोध गरेको छ । अहिले नै ओभर क्यापिटलाइज भएका कमजोर बीमा कम्पनीहरुलाई मर्जरमा गएर क्षमता बढाउन समेत समितिको अनुरोध छ । यसका लागि समितिले आवस्यक सहुलियत दिनुका साथै सहजीकरण समेत गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS