काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक समिति सदस्य सुरेन्द्र कुमार गोयल म्यानेजमेन्ट एशोसिएशन अफ नेपालको कार्यकारी सदस्य पदमा निर्वाचित भएका छन् ।
गत शुक्रबार सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपालको ४१ औं वार्षिक साधारण सभाले संस्थागत समूह तर्फबाट कार्यकारी सदस्य पदमा गोयललाई चयन गरेको हो । शिवम् सिमेन्टको संचालक समिति अध्यक्ष समेत रहेका गोयलले शिवम् सिमेन्टको तर्फबाट संस्थागततर्फ कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
जीवन बीमा कम्पनी, उत्पादनमूलक कम्पनीको संचालक रहनुभएका गोयल इन्जिनियरिङमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन्र्नु । उनि व्यापारिक तथा औद्योगिक समूह एचआर गोयल समूहको कार्यकारी सदस्य पनि छन् ।