SKIP THIS

MLBL
IME Life
Beema Board

स्थानीय वासिन्दाका लागि रिभर फल्स पावरले आजदेखि आइपीओ विक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आइपीओ विक्री गर्न लागेको छ । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर१ सय रुपैयाँअंकित दरमा कुल ७ लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो ।

स्थानीयलाई छुट्याएको शेयर सम्पूर्ण विक्री नभएमा उक्त विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारण सामूहिक लगानी कोष तथा कर्मचारीमा समेत निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त आइपीओमा छिटोमा बैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा बैशाख २६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।

कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

आइपीओमा प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै, आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS