Connect IPS
IME Life

समितिको संगठनात्मक पुनसंरचनाको ‘ओ एण्ड एम’ प्रतिवेदन तयार, तीन उपकार्यकारी सहित ७ निर्देशक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्टाफ कलेजले बीमा समितिको संगठनात्मक पुनसंरचनाको अध्ययन प्रतिवेदन बुझाएको छ । स्टाफ कलेजले विगत ७/८ महिनादेखि ‘ओ एण्ड एम सर्भे’ गरेको थियो । उक्त सर्भेमा बीमा समितिलाई आगामी १० वर्षमा के कति जनशक्तिको आवस्यकता पर्दछ भन्ने आकलन सहित अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदनमा बीमा समितिमा तीन उपकार्यकारी निर्देशक, ७ निर्देशक र १८ उप निर्देशक सहितको संगठनात्मक संरचनाको लागि सुझाव दिएको छ । यहि प्रतिवेदनका आधारमा बीमा समितिले आफ्नो बोर्डमा प्रस्ताव लैजाने तयारी गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

प्रतिवेदनमा भएको व्यवस्थालाई टेकेर समितिले छलफल गर्नेछ । छलफल पछि आवस्यक परेमा संसोधन सहितको प्रस्ताव बीमा समितिको बोर्डबाट पारित गरी विनियम संसोधनका लागि नेपाल सरकार समक्ष पेश गर्ने तयारी रहेको छ । नेपाल सरकारले विनियम स्वीकृत गरेपछि बल्ल सम्बन्धित दरबन्दी पुर्तीका लागि लोकसेवामा पठाउनेछ ।

हाल बीमा समितिमा एक जना कार्यकारी निर्देशक र चार जना निर्देशकको संगठनात्मक संरचना रहेको छ । यस संरचना अनुसार एउटै निर्देशकले दुई भन्दा धेरै विभाग हेर्नु परिरहेको छ । जसले गर्दा निर्देशहरुलाई ओभर लोड भएको सर्भेले जनाएको छ ।

अर्को तर्फ एउटै व्यक्ति लामो समय निर्देशक पदमै काम गरेर बाहिरिनु पर्ने बाध्यता छ । यस अवस्थालाई मध्यनजर गर्दै समितिले उप कार्यकारी निर्देशक पदको सिर्जना गर्न खोजेको हो । निर्देशक पदका लागि चार वटा मात्रै दरवन्दी हुँदा कतिपय कर्मचारी लामो समय उपनिर्देशकमा काम गरेर अबकास हुनु पर्ने अवस्था छ ।

ओएनएम हुनु भन्दा अगाडी २ जना कार्यकारी निर्देशकको परिकल्पना गरिएको थियो । तर अहिलेको अध्ययन प्रतिवेदनमा भने एक जना मात्रै कार्यकारी निर्देशकको प्रस्ताव गरिएको छ ।

बीमा समितिलको नियमनको दायरा धेरै फराकिलो भइसकेको छ । बीमा समितिले १९ वटा जीवन, २० वटा निर्जीवन, २ वटा पुनर्बीमा कम्पनीहरुलाई नियमन गर्नु पर्छ । हरेक वर्ष बीमाको बजार फराकिलो हुँदै गइरहेको छ ।

बजार जति ठुलो हुँदै गयो बजारमा जोखिमका दायरा पनि फराकिलो हुँदै जान्छ । त्यसैले विद्यमान समस्या र भविष्यमा पर्न जाने समस्यालाई पनि अनुमान गर्दै समाधान गर्न सक्ने जनशक्ति तथा संगठनात्मक संरचनाको आवस्यकता पर्दछ ।

बीमा समितिले संरचना परिवर्तनको लागि मन्त्रालय सँग एक चरणको मौखिक प्रतिवद्धता पनि पाइसकेको छ । सोही प्रतिवद्धता अनुरुप बीमा समितिले ओ एण्ड एम सर्भे गराएको हो । समितिमा एउटै व्यक्ति एउटै पदमा दशकौसम्म काम गर्नु पर्ने बाध्यता छ ।

अधिकृत स्तरमा प्रवेश गरेको व्यक्ति सहायक निर्देशक तथा उपनिर्देशक पदबाटै अवकास हुनु पर्ने बाध्यता छ । यस्तो अवस्थामा कर्मचारीहरुलाई पनि काम गर्न मन लाग्दैन । सबैले एकै पटक प्रमोसन पाउनै पर्छ भन्ने होइन तर योग्यता क्षमता भएका व्यक्तिहरुले प्रमोसन पाउने अवस्था भएन भने कसैलाई पनि काम गर्ने जागर हुँदैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS