काठमाडौं । नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ५ लाख ३४ हजार २५ दशलमव १५ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० दशमलव शून्य ३ प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । अब उक्त शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।