Connect IPS
IME Life

अनलाईन प्रणालीबाट ५० हजार अभिकर्ताले गरे नविकरण, चैत मसान्त नकुर्न समितिको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले तयार पारेको अनलाइन प्रणालीबाट झण्डै ५० हजार अभिकर्ताले नविकरण गरेका छन् । जीवन, निर्जीवन र बीम सर्भेयरले अनलाइन प्रणालीबाट सहजै नविकरण गरिरहेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनले भने ‘सञ्चालनमा ल्याइएको छोटो अवधिमै उल्लेख्य मात्रामा अभिकर्ताको आकर्षण देखिएको छ । यो प्रभाविक कुरा भएकाले हामीले सकेसम्म देखिएका समस्यालाई समाधान गर्ने प्रयास गरेका छौ ।‘ समितिले प्राविधिक समस्या समाधान तथा अनुगमनका लागि तीन जनाको उपसमिति नै बनाएको छ । उक्त उपसमितिले २४ सै घण्टा देखिएका समस्या समाधानका लागि काम गरिरहेको सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

Prabhu
Crest

समितिले चैत ८ गतेदेखि अनलाइन प्रणालीको शुभारम्भ गरेको थियो । शुभारम्भ गरेको १० दिनमै १५ हजारले नविकरण गरेकोमा १६ दिनमा झण्डै ५० हजारले आवेदन दिइसकेका छन् । बीमा समितिले कनेक्टआइपिएस मार्फत भुक्तानी सहित स्वचालित रुपमा नविकरण हुने व्यवस्था मिलाएको छ । जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी र सर्भेयरले कनेक्ट आइपिएसमा गएर आफ्नो विवरण पोष्ट गर्ने वित्तीकै नविकरण शुल्क भुक्तानी गर्न मिल्ने र शुल्क तिर्ने वित्तीकै नविकरण भएको जानकारी प्राप्त हुनेछ ।

बीमा अभिकर्ता र सर्भेयरले चैत मसान्त भित्रमा अनिवार्य नविकरण गर्नै पर्ने कानुनी व्यवस्था छ । यदि चैत मसान्त भित्रमा नविकरण नभएमा बैशाख लागे सँगै विलम्ब शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ । त्यसैले सम्पुर्ण अभिकर्ता र सर्भेयरलाई अन्तिम समयमा नकुरी अगाडी नै नविकरण गर्न समितिले अनुरोध गरेको छ ।

असार मसान्तमा सरकारले तेस्रो त्रैमाशिक अवधिको कर तथा राजस्व उठाउने भएका कनेक्ट आइपिएको प्रणालीमा धेरै हिट हुन गइ समस्या देखिन सक्ने भएकाले सर्भेयर तथा अभिकर्ताको भुक्तानीमा पनि समस्या देखिन सक्ने भएकाले अन्तिम दिन नकुरी अगाडी नै नविकरण गर्न समितिले अनुरोध गरेको छ । नियम अनुसार चैत मसान्तभित्रमा नविकरण नभएमा बैशाख एक गतेदेखि दिन गनेर विलम्ब शुल्क भुक्तानी गर्नु पर्ने व्यवस्था छ । यो बीमा नियमावलीमै भएकाले बीमा समितिले नविकरणका लागि समय थप नगर्ने हुँदा अहिलेदेखिनै बीम सर्भेर र अभिर्तालाई छिटो भन्दा छिटो नविकरण गर्न आह्वान गरेको हो ।

समितिको पछिल्लो तथ्याङ्क अनुसार सर्वाधिक धेरै युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताको नविकरण गरेका छन् । युनियनका ६ हजार ११७ जनाल नविकरण गरेका छन् । त्यस्तै नेपाल लाइफका ५ हजार १३३ जना अभिकर्ताले नविकरण करणका छन् । आइएमई लाइफका ३ हजार २८३ जना, सन नेपाल लाइफका ३ हजार १९२ जना, सिटिजन लाइफका ३ हजार ११० जना, नेशनल लाइफका ३ हजार २६ जना, गुराँस लाइफका २ हजार ८०७ जना, मेट लाइफका २ हजार २०६ जना, एशियन लाइफका २ हजार २०५ जना, सूर्या लाइफमा २ हजार १६९ जना, प्रभु लाइफका २ हजार २७ जना, ज्योति लाइफका एक हजार ५८५ जना, राष्ट्रिय बीमा संस्थानका एक हजार ४०६ जना, महालक्ष्मी लाइफका एक हजार ३२७ जना, सानिमा लाइफका १ हजार १६९ जना, एलआइसी नेपालका ८६० जना, रिलायन्स लाइफका ८४३ जना, रिलायबल लाइफका १६२ जनाले नविकरण गरेका छन् ।

बीमा समितिको यो अनलाइन प्रणालीले अव अभिकर्ताको संख्या यथार्थमा कति छन् भनेर देखिनेछ । साथै बजारमा अहिले कतिजना सक्रिय अभिकर्ता छन् भन्ने पनि देखिने छ । अनलाइन प्रणालीबाट नविकरण हुने भएकाले अहिले सक्रिय अभिकर्ताले मात्रै नविकरण गर्नेछन् ।

बीमा सर्भेयर मध्ये अहिलेसम्म २७१ जनाले मात्रै नविकरण गरेका छन् । जस मध्ये ‘क’ वर्गका २३ जना छन् । त्यस्तै ‘ख’ वर्गका २२ जना, ‘ग’ वर्गका ३८ जना र ‘घ’ वर्गका १८८ जना सर्भेयरले नविकरण गरेका छन् । पछिल्लो समय सर्भेयरको लाइसेन्स खुला गर्दा नै ११ सय भन्दा धेरैले लाइसेन्स लिएका थिए ।

बीमा समितिले ल्याएको अनलाइन प्रणालीबाट बीमा अभिकर्ता तथा सर्भेयरलाई धेरै नै सहज भएको छ । समितिले अहिलेलाई भक्तानी प्रणालिमा कनेक्टआइपिएसलाई मात्रै जोडेको छ । आगामी दिनमा अन्य भुक्तानी प्रणालीलाई पनि जोड्दै जाने योजना बनाएको छ । भुक्तानी प्रणालीबाटै सफ्टवेयर निर्माण भएकाले समितिले अहिलेलाई कनेक्ट आइपिए मार्फत नै जाने निर्णय गरेको हो । कतिपय अभिकर्ता र सर्भेयरले कनेक्टआइपिएस मार्फत मात्रै भुक्तानी गर्नु पर्ने वाध्याताले समस्या भएको बताए पनि एउटै कनेक्टआइपिएस मार्फत धरै जना अभिकर्ता तथा सर्भेयरको नविकरण गर्न मिल्ने भएकाले व्यवहारिक रुपमा पनि धेरै जटिल नभएको समितिको राय छ ।

यसरी गर्न सकिन्छ अनलाइनबाटै अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण

बीमा सर्भेयर र अभिकर्ताले कनेक्ट आइपिएस को साइटमा गएर ‘Semi-government’ मा रहेको बीमा समितिको लोगोमा क्लिक गर्नु पर्नेछ । यसमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर अभिकर्ता तथा सर्भेयरले आफ्नो  इजाजतपत्र र जारी मिति टाइप गरेपछि नविकरणका लागि लाग्ने शुल्कको जानकारी प्रणालीले नै गणना गरिदिनेछ ।

तत्पश्चात् अनलाईनबाटै नविकरण शुल्क बुझाउन सकिन्छ । यसरी बुझाएको रकमको रसिद पिडिएफ फर्म्याटमा प्रिन्ट गर्न सकिनेछ । त्यस्तै संस्थागत बीमा सर्भेयरले पनि कनेक्ट आइपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा [email protected] संस्था नविकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नविकरण अघिका कामले विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नविकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने कनेक्ट आइपिएस मार्फत नविकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नविकरण हुनेछ ।

त्यसैगरी संस्थागत बीमा अभिकर्ताले पनि कनेक्ट आइपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नविकरण शुल्क बुझाउनका साथै समितिको इमेल [email protected] मा संस्था नविकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नविकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नविकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नविकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ ।

त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टममा जान्छ  र त्याहाँबाट अनलाइन प्रणालीबाटै सिफारिस भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नविकरण हुने व्यवस्था गरिएको छ ।

नविकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइम गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नबीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटनै इजाजतपत्र नबीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

हाल देशभरमा गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुईसय पचास र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ । बीमा सर्भेयर र बीमा अभिकर्ताहरुले डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण गर्नका लागि देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्दछ :

१. Connect IPS Login गर्ने,

२. Payment Tab को Semi-government Tab मा Click गर्ने,

३. बीमा समितिको लोगो भएको Tab मा Click गर्ने,

४. एजेन्ट वा सर्भेयर कुन हो सो Tab मा Click गर्ने,

५. अन्य मागेका आफ्ना विवरणहरु Submit गर्ने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS