काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । हिजो मंगलबार तोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सयले नै घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।