Connect IPS
IME Life

सानिमा लाइफद्धारा एजेन्सी म्यानेजर उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको बागलुङ क्षेत्रले कम्पनीका एजेन्सी म्यानेजरहरुलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले एजेन्सी म्यानेजरको क्षमता बृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

कार्यक्रममा कम्पनीको मुख्य प्रबन्धक गणेश चौलागाईँ र धौलागिरी क्षेत्रका प्रमुख बलराम कँडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा साबिक धौलागिरी अञ्चलका करिब दुई सय एजेन्सी म्यानेजरहरको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

कार्यक्रममा संस्थाका मुख्य प्रबन्धक गणेश चौलागाईंले अब सानिमा लाइफ धौलागिरी क्षेत्रमा ‘एक ब्यक्ति एक बीमा’ कार्यक्रम र दुई हजार जनालाई अभिकर्ताको स्वरोजगार अभियान अगाडी बढाएको बताए ।

कार्यक्रममा धौलागिरी क्षेत्र बाट ‘एमडिआरटी २०२२’ मा एमडिआरडी छनोट हुने दुई सीता देबी शर्मा सापकोटा र सितादेबी सापकोटा कँडेललाई सम्मान समेत गरिएको थियो ।

कम्पनीका बागलुङ शाखाका बजार अधिकृत प्रेमप्रसाद ढकालको संचालन गरेको कार्यक्रममा वरिष्ठ एजेन्सी म्याजरको तर्फबाट राम बहादुर थापा र सितादेबी शर्मा सापकोटाले मन्तव्य राखेका थिए । कार्यक्रम क्षेत्रका प्रमुख बलराम कँडेलको अध्यक्षता, कुश्मा शाखाका प्रबन्धक सुर्य प्रसाद पौडेलको स्वागत मन्तव्य राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS