काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुन चाँदीको मूल्यमा गिरावट आएको छ । आइतवार तोलामा ९९हजार ३ सय रुपैयाँले कारोबार भएको छापावाला सुन एकै दिन ६ सय रुपैयाँले घटेर प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।