Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीले ८ महिनासम्ममा आर्जन गरे २५ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काडमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब भन्दा बढी हुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीहरुले आठ महिनामा २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । त्यसैगरी यी कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ४७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधि सम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड,अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्बै ५ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेको छ ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनी
बीमा समितिको तथ्याङक अनुसार ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ९२ करोड १२ लाख, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८८ करोड ४७ लाख, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ८१ करोड ९७ लाख, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ६३ करोड ७१ लाख रुपैयाँ जनरल इन्स्योरेन्स कम्पनीले ६१ करोड १८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ५७ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS