SKIP THIS

MLBL
IME Life
Beema Board

एक सातामा १५ हजार अभिकर्ताले अनलाइनबाटै गरे नविकरण, प्रारम्भिक सफलता पछि ‘नविकरण साता’ मनाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट एक सातामै १५ हजार भन्दा धेरै अभिकर्ताले नविकरण गरेका छन् । समितिले चैत ८ गतेदेखि शुभारम्भ गरेको डिजिटल माध्यमबाट १५ हजार २३२ अभिकर्ता र एक सय भन्दा धेरै सर्भेयरले नविकरण गरिसकेका छन् ।

बीमा समितिका अनुसार ५५ वटा संस्थागत अभिकर्ताहरुले पनि अनलाइन प्रणालीबाट नविकरण गरिसकेका छन् । अहिलेसम्म सबैभन्दा धेरै आइएमई लाइफका १८०७ जना अभिकर्ताहरुले नविकरण गरिसकेका छन् । जीवन तथा निर्जीवन दुबै किसिमका अभिकर्ताले अनलाइन प्रणालीबाट नविकरण गर्न मिल्ने व्यवस्था रहेकाले सबैभन्दा धेरै जीवन बीमा अभिकर्ता छन् । त्यस्तै निर्जीवन बीमा कम्पनीका अभिकर्ताले पनि नविकरण गरिरहेका छन् । अझै पनि कतिपय जीवन बीमा कम्पनीहरुले अनलाइन प्रणालीलाई उपयोग गर्दै नविकरण गराइरहेका छनन् ।

Prabhu
Crest

नेपाल लाइफका १२९३ जना अभिकर्ताले अनलाइन प्रणालीबाट नविकरण गरेका छन् । त्यस्तै युनियन लाइफका १२८४ जना अभिकर्ताले नविकरण गरिसकेका छन् । पुराना सर्भेयर तथा अभिकर्ताको नविकरणका क्रममा केहि प्राविधिक समस्या देखिएता पनि अहिलेसम्म समाधान भइसकेको बीमा समितिका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

शुभारम्भ भएको दुई तीन दिन प्रणालीमा समस्या देखिए पनि पछिल्लो एक सातादेखि निर्वाध रुपमा नविरणको काम भइरहेको छ । समितिले नेपाल राष्ट्र बैंक तथा अन्य बैंक वित्तीय संस्थाको लगानी रहेको कनेक्ट आइपिएस मार्फत नविकरण शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । अहिलेलाई कनेक्ट आइपिएस मार्फत मात्रै नविकरण गर्न मिल्ने व्यवस्थाका कारण कतिपयले यसको चर्को विरोध पनि गरेका छन् । तर समितिले आगामी दिनमा अन्य भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई पनि अनलाइन प्रणालीमा जोड्दै लैजाने योजना बनाएको छ ।

अहिले एउटै कनेक्टआइपिएस मार्फत सयौ सर्भेयर तथा अभिकर्ताले सजिलै नविकरण शुल्क भुक्तानी गर्न सक्छन् । बीमा समितिले आगामी सातालाई ‘नविकरण साताको रुपमा मनाउने भएको छ । चैत २० गतेदेखि २५ गतेसम्म अभिकर्ता तथा सर्भेयरको नविकरण साताको रुपमा मनाउने र यस अवधिमा कुनै पनि अभिकर्ता तथा सर्भेयरलाई नविकरणका क्रममा कुनै पनि समस्या परेमा तुरुन्त संबोधन गरिने व्यवस्था गरिने बीमा समितिका सहायक निर्देशक सम्भु प्रसाद मिश्रले जानकारी दिए ।

अहिले पनि नविकरणका क्रममा कुनै पनि समस्या देखिने वित्तीकै त्यसको समाधानका लागि बीमा समितिले दिन रात नभनी काम गरिरहेको छ । समितिले सर्भेयर एसोसिएसन सँग छलफल गरेर नविकरणका क्रममा रहेका त्रुटीहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरेको छ ।

यसरी गर्न सकिन्छ अनलाइनबाटै अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण

बीमा सर्भेयर र अभिकर्ताले कनेक्ट आइपिएस को साइटमा गएर ‘Semi-government’ मा रहेको बीमा समितिको लोगोमा क्लिक गर्नु पर्नेछ । यसमा क्लिक गरेपछि देखिने बीमा सर्भेयर र बीमा अभिकर्ता पेमेन्टमा गएर अभिकर्ता तथा सर्भेयरले आफ्नो  इजाजतपत्र र जारी मिति टाइप गरेपछि नविकरणका लागि लाग्ने शुल्कको जानकारी प्रणालीले नै गणना गरिदिनेछ ।

तत्पश्चात् अनलाईनबाटै नविकरण शुल्क बुझाउन सकिन्छ । यसरी बुझाएको रकमको रसिद पिडिएफ फर्म्याटमा प्रिन्ट गर्न सकिनेछ । त्यस्तै संस्थागत बीमा सर्भेयरले पनि कनेक्ट आइपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नबीकरण शुल्क बुझाउनुका साथै समितिको इमेलमा [email protected] संस्था नविकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नविकरण अघिका कामले विवरण पठाएपछि बीमा सर्भेयर इजाजतपत्र नविकरण हुने व्यवस्था छ । व्यक्तिगत बीमा सर्भेयरले भने कनेक्ट आइपिएस मार्फत नविकरण शुल्क र कामको विवरण बुझाएपछि इजाजतपत्र नविकरण हुनेछ ।

त्यसैगरी संस्थागत बीमा अभिकर्ताले पनि कनेक्ट आइपिएस मार्फत बीमा समितिको खातामा इजाजतपत्रको नविकरण शुल्क बुझाउनका साथै समितिको इमेल [email protected] मा संस्था नविकरण प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र र नविकरण अघिका कामको विवरण पठाएपछि इजाजतपत्र नविकरण हुने व्यवस्था गरिएको छ । व्यक्तिगत बीमा अभिकर्ताको हकमा भने त्यसरी अनलाइनबाट नविकरण शुल्क बुझाउनुका साथै कामको विवरण पठाउनु पर्दछ ।

त्यसरी पठाइएका विवरण सम्बन्धित बीमा कम्पनीको सिस्टममा जान्छ  र त्याहाँबाट अनलाइन प्रणालीबाटै सिफारिस भएर आएपछि सम्बन्धित बीमा अभिकर्ताको इजाजतपत्र बीमा समितिबाट नविकरण हुने व्यवस्था गरिएको छ ।

नविकरण भएको इजाजतपत्रका बारेमा सम्बन्धित बीमा सर्भेयर र बीमा अभिकर्ताले बीमा समितिको वेभसाइटमा गएर आफ्नो इजाजतपत्रको नम्बर र जारी मिति टाइम गरेपछि जानकारी प्राप्त गर्न सक्ने छन् ।

अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरण कार्यको शुरूवात भएसँगै इजाजतपत्र नवीकरणका लागि बीमा समितिमा आउनुपर्ने बाध्यताको अन्त्य भएको छ । अब देशभरका जुनसुकै स्थानमा रहेका बीमा सर्भेयर र बीमा अभिकर्ताले आफू रहेको स्थानबाट नै अनलाइन प्रणालीबाट इजाजतपत्र नबीकरणका लागि लाग्ने शुल्क बुझाउन र अनलाइनबाटनै इजाजतपत्र नबीकरण भएको जानकारी प्राप्त गर्न सक्नेछन् ।

हाल देशभरमा गरी नवीकरण योग्य बीमा सर्भेयरको संख्या करिव एक हजार दुईसय पचास र बीमा अभिकर्ताको संख्या करिव तीन लाख रहेको छ । बीमा सर्भेयर र बीमा अभिकर्ताहरुले डिजिटल माध्यमबाट इजाजतपत्र नवीकरण गर्नका लागि देहाय बमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्दछ :

१. Connect IPS Login गर्ने,

२. Payment Tab को Semi-government Tab मा Click गर्ने,

३. बीमा समितिको लोगो भएको Tab मा Click गर्ने,

४. एजेन्ट वा सर्भेयर कुन हो सो Tab मा Click गर्ने,

५. अन्य मागेका आफ्ना विवरणहरु Submit गर्ने।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS