IME Life
Beema Board

आजदेखि प्राइम कमर्सियल बैंकको २५ लाख कित्ता ऋणपत्र विक्री खुला

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आजदेखि प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले आजबाट प्रतिकित्ता १ हजार अंकित मूल्यका २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्काशन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ ।

कुल कित्ता ऋणपत्रमध्ये १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ ।

Prabhu
Crest

सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ । यस ऋणपत्र खरीदका लागि छिटोमा चैत २१ गतेसम्ममा आवेदन दिनु पर्नेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ३० गतेसम्म विक्री खुला गरिने बैंकको भनाइ छ ।

यस ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । यस रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरिदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS