SKIP THIS

MLBL
IME Life
Beema Board

चुक्ता पूँजी वृद्धि सम्बन्धमा जीवन तथा निर्जीवन बीमकको आकस्मिक बैठक आज बस्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले एक वर्षभित्रै न्यूनतम चुक्ता पूँजी दोब्बर वृद्धि गर्न दबाब दिएपछि तनावबाट गुज्रिरहेका बीमा कम्पनीका संस्थापकहरुले संगठितरुपमै प्रतिक्रिया दिने भएका छन् । बीमा समितिले गत बिहीबार जीवन बीमा कम्पनीलाई न्यूनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । सोही अनुरुप बीमा कम्पनीका संस्थापकहरुले संगठितरुपमै प्रतिक्रिया दिने भएका हुन् ।

समितिले एक महिनाभित्र पूँजी वृद्धि योजना पेश गर्न समेत निर्देशन दिएको छ । बीमा समितिको यस्तो निर्देशनपछि कसरी अघि बढ्ने सम्बन्धमा बीमा कम्पनीका संचालकहरुबीच संयुक्त रुपमा आज दिउँसो छलफल हुने भएको हो ।

Prabhu
Crest

बीमा समितिले तोकेको न्यूनत्तम चुक्ता पूँजी पहिले नै पुरा गरिसकेका र निकट भविष्यमै पुरा गरिसक्ने पुराना बीमकको हकमा बीमा समितिको निर्देशन पालना गर्न असहज छैन । तर २ अर्बको हाराहारी नै चुक्ता पूँजी रहेका पुराना वा एक अर्बको हाराहारी चुक्ता पूँजी मात्र रहेका नयाँ जीवन बीमकको साथै १ अर्ब चुक्ता पूँजी पु-याउन बाँकी रहेका नयाँ बीमक वा एक अर्ब पुरा गरी सकेका पुराना बीमकको लागी चुक्ता पूँजी पुरा गर्न चुनौती देखिएको छ ।

बीमा समितिको निर्देशन अगावै केही जीवन तथा निर्जीवन बीमकले आफ्नो जारी पुँजी क्रमशः ५ अर्ब र २ अर्ब निर्धारण गरेर स्वतःस्फूर्तरुपमा चुक्ता पूँजी वृद्धि गर्ने तयारी शुरु गरिसकेका छन् ।

बीमकका अनुसार अधिकांश कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट अहिलेकै अवस्थामा चुक्ता पूँजीको बढीमा २० देखि ३० प्रतिशतसम्म बोनश शेयर वितरण गर्न सम्भव भएपनि बाँकी पूँजी हकप्रद शेयरबाटै पु¥याउनुपर्ने बाध्यता हुनेछ ।

२०७४ सालमा संचालनमा आएका १० वटा निर्जीवन र ९ वटा जीवन बीमकको संस्थापक शेयरधनीले अहिलेसम्म दोश्रो बजारमा संस्थापक शेयर खरिदबिक्री समेत गर्न पाएका छैनन् । पाँच आर्थिक वर्ष पुरा भएपछि मात्र संस्थापक शेयरको खरिद बिक्री खुल्ला हुन्छ । केही बीमकले प्राथमिक शेयर निष्काशन गर्न नै बाँकी रहेको छ । यस्तो अवस्थामा शेयरधनीलाई थप पूँजी लगानीको लागी अनुरोध गर्नु सहज नहुने बीमकको प्रतिक्रिया छ ।

समितिको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले २०७९ चैत मसान्तसम्ममा चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । यसअघि समितिले आगामी आर्थिक वर्षदेखि २०८४/८५ सम्ममा जोखिममा आधारित पूँजी कायम गर्नुपर्ने निर्देशन दिएको थियो । लगत्तै बीमा समितिले अप्रत्याशितरुपमा पूँजी वृद्धिको प्रस्ताव ल्याएको छ ।

समितिको पूँजी वृद्धि सम्बन्धी परिपत्र अनुसार २०७९ चैतभित्र न्यनतम चुक्ता पूँजी पुर्याउन नसक्ने बीमकलाई बीमक गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशका अनुसार गाभेर वा गाभिएर चुक्ता पूँजी कायम गर्न निर्देशन दिइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS