SKIP THIS

MLBL
IME Life
Beema Board

बीमाको क्यापिटल प्लानले किन आकर्षित हुन सकेनन् लगानीकर्ता ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गर्ने योजनाले दोस्रो बजारलाई प्रभावित पार्छ भन्ने अनुमान गरिएको थियो । सोहि अनुसार लगानीकर्ताले हिजो आइतबार पहिलो २ घण्टामा बीमा कम्पनीको शेयर बढ्दो मूल्यमा खरिद गरे । तर लगानीकर्ताले सोचे अनुसार बजार बढ्नुको सट्टा उल्टै घट्यो ।

शेयर बजार गत भदौ असोजदेखि लगातार वियरिस ट्रेण्डमा छ । गत साउन भदौमा शेयर खरिद गरेकाहरु बजारमा केहि सुधार हुने वित्तीकै बाहिरिने मनस्थिति बनाएर बसेका छन् । साथै ठुला लगानीकर्ताहरु अहिले बजारमा छैनन् ।

Prabhu
Crest

बैंकिङ तरलता अभाव अझै कतिपय लम्बिने हो टुङ्गो छैन । तरलता अभावको समस्या समाधान हुने संकेत नदेखिएसम्म ठुला लगानीकर्ता बजारमा प्रवेश गर्ने अवस्था देखिदैन । बजारमा जवसम्म ठुला लगानीकर्ता छिर्दैनन् तबसम्म अल्पकालिन लगानीकर्ता जतिसुकै उत्साहित भए पनि बजार टिक्न सक्दैन । यसको राम्रो उदाहरण हो अहिलेको बीमा समितिको क्यापिटल प्लान । बीमा समितिले बीमा कम्पनीको चुक्ता पूँजी डेड गुणाले बृद्धि गर्ने निर्णय गरेको छ । अवको एक महिनामा सम्पुर्ण बीमा कम्पनीहरुले पूँजी बृद्धि योजना सार्वजनिक गर्ने छन् ।

चैत महिना शेयर बजारका लागि अफ सिजन हो । अहिलेको अवधिमा लगानीकर्ताहरु तेस्रो त्रैमासको किस्ता तथा व्याजको दवावमा हुन्छन् । बैंकको व्याज र किस्ता तिर्नकै लागि पनि कतिपय लगानीकर्ताले शेयर बिक्री गर्छन् । यसले गर्दा दोस्रो बजारलाई प्रभावित पार्छ ।

तर बैशाख महिना शेयर बजारको सबैभन्दा राम्रो सिजन हो । किनकी यस अवधिमा सूचिकृत कम्पनीहरुले तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्छन् । तेस्रो त्रैमासको वित्तीय विवरण हेरेर लगानीकर्ताले आगामी वर्षमा सम्बन्धित कम्पनीले के कति लाभांश दिन सक्छ भनेर अनुमान लगाउन सक्छन् । त्यसैले गर्दा बैशाख महिनामा स्पेकुलेसन अत्याधिक धेरै हुन्छ ।

आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुँदैछ । स्थानीय तहको चुनावको प्रभाव पनि शेयर बजारमा पर्न सक्ने विश्लेषकहरु बताउछन् । त्यसैले चैत अन्तिम साताबाट बल्ल शेयर बजार सुधार हुन सक्ने अनुमान गरिएको छ ।

किन आकर्षित हुन सकेनन् लगानीकर्ता

बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने योजना सार्वजनिक गरे सँगै बीमा कम्पनीका लगानीकर्ता हच्किएका छन् । जीवन तथा निर्जीवन बीमा कम्पनीका विद्यमान संस्थापक लगानीकर्ताहरुले बीमा समितिको पछिल्लो कदम हचुवाका भरमा ल्याएको बताएका छन् ।

नाम नबताउने सर्तमा एक लगानीकर्ताले भने ‘पूँजी बृद्धि योजनाले अहिले शेयर बजारका लागि खुराक बन्ला तर यो बीमा क्षेत्रमा लगानी गर्नेका लागि घातक छ ।’ बीमा समितिले ५ वर्ष अगाडी ल्याएको क्यापिटल प्लानलाई बल्ल तल्ल पुरा गरेका कम्पनीले अव फेरी पूँजी थप्नु पर्ने भए पछि उनिहरु अव बीमा क्षेत्रबाट आफ्नो लगानीलाई डाइभर्स गर्ने मनस्थितिमा पुगेका हुन् ।

पाँच वर्ष अगाडीको क्यापिटल प्लान भन्दा पहिला बीमा कम्पनीको प्रतिफल राम्रो थियो । तर पछिल्ला वर्षमा बीमा कम्पनीको प्रतिफल मुस्किलले १० देखि २० रुपैयाँ मात्रै छ । फेरी बीमा कम्पनीको पूँजी डेड गुणाले बढाइयो भने २ रुपैयाँदेखि १० रुपैयाँ भित्र रहने बीमा कम्पनीका लगानीकर्ताहरुको तर्क छ ।

बीमा कम्पनीको पछिल्लो कदमलाई लिएर प्रायः सबै लगानीकर्ताहरु अनविज्ञ छन् । कसैले पनि बीमा समितले अहिले नै क्यापिटल प्लान ल्याउला भन्ने अपेक्षा गरेका थिएनन् । अहिलेकै अवस्थामा कतिपय कम्पनी ‘ओभर क्यापिटलाइज’ छन् ।

बीमा कम्पनीको जति ठुलो पूँजी तथा कोष हुन्छ त्यति नै राम्रो हुन्छ । तर धेरै पूँजी हुँदै गर्दा लगानीकर्ताहरुले प्राप्त गर्ने प्रतिफल पनि धेरै कम हुन्छ । शेयरधनीहरुले अहिलेको अवस्थामा लगानीबाट लिने फाइदा दुई किसिमको छ ।

पहिलो बीमा कम्पनीले नाफा गरेर वितरण गरेको लाभांश र अर्को दोस्रो बजारमा शेयर बिक्री गरेर पूँजीगतलाभ । पूँजी बढ्ने वित्तीकै लाभांशदर धेरै नै खुम्चिनेछ । त्यस्तै पूँजी बढ्ने वित्तीकै दोस्रो बजारमा शेयर सप्लाइ पनि स्वत बढ्छ । हिजोका दिनमा २० देखि ५० करोड रुपैयाँको सप्लाइ हुँदाको अवस्थामा बीमा कम्पनीको शेयर मूल्य ३/४ हजार रुपैयाँ भन्दा माथि थियो । तर अहिले २ अर्ब भन्दा माथि पूँजी भएका बीमा कम्पनीको शेयर मूल्य एक हजार भन्दा कम छ ।

जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ हुने वित्तीकै अहिलेका बाणिज्य बैंकहरुको जत्तीकै हुने विश्लेषकहरु बताउछन् । सम्पुर्ण जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब हुने वित्तीकै कतिपय बीमा कम्पनीको शेयर मूल्य २ सय रुपैयाँको हाराहारीमा झर्नेछ ।

बीमा समितिले क्यापिटल प्लान ल्याउने वित्तीकै बीमा कम्पनीहरुले हकप्रद भर्नकै लागी संस्थापक शेयरलाई भकाभक सर्वसाधारण समुहमा कन्भर्ट गर्न थाल्नेछन् । यसले दोस्रो बजारमा बीमा कम्पनीको शेयर सप्लाइ थप बढ्नेछ । सप्लाइ बढ्ने वित्तीकै शेयर मूल्यमा थप गिरावट आउछ ।

गत वर्ष बीमा कम्पनीहरुले मनलाग्दी हकप्रद शेयर निष्काशनको प्रस्ताव गर्दै शेयर बजारलाई प्रभावित पार्न खोजेको भन्दै यस वर्षका लागि हकप्रद शेयर निष्काशन बन्द गर्यो । यसै समयावधीमा समितले जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका पनि जारी गर्यो । यसका लागि समितिले केहि वर्षको अवधि समेत दिएको छ ।

तर आफ्नै जोखिममा आधारित पूँजी सम्बन्धी निर्देशिका भन्दा एक तह माथि गएर समितिले एक वर्षको अवधिमा डेड गुणा बढी पूँजी थप गर्न निर्देशन दिएको छ । अहिलेकै न्युनतम चुक्ता पूँजी कतिपय कम्पनीका लागि धेरै छ भने कतिपयका लागि कम छ । पूँजी कम भएका कम्पनीले गत वर्षदेखि नै हकप्रद शेयर निष्काशनका लागि दवाव दिदै आएका थिए । समितिले उनिहरुलाई हकप्रद शेयर निष्काशनमा रोक लगाउदै आएको थियो । अहिलेको क्यापिटल प्लानले निर्जीवन बीमा कम्पनीहरुलाई केहि राहत दिए पनि जीवन बीमा कम्पनीको हकमा भने खासै राम्रो नहुने विश्लेषकहरु बताउछन् । त्यसैले गर्दा क्यापिटल प्लानको बावजुद पनि शेयर बजार सुधार हुन नसकेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS