SKIP THIS

MLBL
IME Life
Beema Board

वित्तीय साक्षरता र्यालीमा बीमा समिति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनि विक २०२२’ का अवसरमा आज काठमाडौंमा वित्तीय प्रणालीका नियामक निकायहरुको समन्वय एवम् सहभागितामा वित्तीय साक्षरता र्याली आयोजना गरिएको छ ।

र्यालीमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पुजन ढुङ्गेल अधिकारी तथा दिनेश कुमार लाल र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest

यसैगरी, र्यालीमा नेपाल धितोपत्र बोर्ड, विभिन्न बैंक, बीमा कम्पनी, स्टक एक्सचेन्ज, वित्तीय संस्था र वित्तीय तालिम प्रदायक निकायहरुका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । काठमाडौंको भद्रकालीबाट सुरु भएको र्याली टुडिखेल परिक्रमा गरी भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका दुरदराजका ग्रामीण भेगसम्म वित्तीय परिचालकहरु खटाएर वित्तीय साक्षरतालाई व्यापकरुपमा अगाडी बढाउन नियामक निकायहरु लगायत सम्बन्धित संस्थाहरुलाई आग्रह गरेका छन् । उनले रकमको बुद्धिमतापुर्वक प्रयोग गर्न, उचित प्रतिफल प्राप्त हुनेगरी पारदर्शी किसिमले काम गर्न वित्तीय क्षेत्रको सुधारमा लगान सम्बन्धित सबैको ध्यानाकर्षण गरे ।

अर्थमन्त्री शर्माले पूँजी बजारमा छरिएर रहेका रकमलाई एकत्रित गरेर देशका पूर्वाधार तथा उत्पादनका क्षेत्रमा लगानीका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिए । साधै, उनले लगानीको सुरक्षा गर्न र पूँजी बजारमा देखिएका इन्साइडर ट्रेडिङ लगायतका विकृतिहरुलाई नियन्त्रण गरी पूँजी बजारलाई व्यवस्थितरुपले अगाडी बढाउन पनि निर्देशन दिए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल विशेष अतिथि रहेको यस कार्यक्रमको सभापतित्व नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले गरेका थिए । एक सातादेखी वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण, हाजिरी जवाफ, अन्तर्क्रिया लगायतका कार्यक्रमहरु आयोजना गरिएको विश्व वित्तीय सप्ताहको अन्तिम दिन आज वित्तीय साक्षरता र्याली सहित सभाको आयोजना गरिएको हो । नेपाल सहित विश्वका १७६ देशमा विश्व वित्तीय सप्ताह एकैसाथ मनाइएको त्यस अवसरमा जानकारी दिइएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS