Connect IPS
IME Life

एन.वाइ.इ.एफ.को चार दिने मेची महाकाली मोटर ¥यालीे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एन.वाइ.इ.एफ.)ले पहिलो पटक मेची महाकाली मोटर ¥यालीे आयोजना गरेको छ । “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ भन्ने नाराका साथ आयोजा गरिएको उक्त ¥याली मार्च २४ देखि २८ सम्म सञ्चालन हुनेछ ।

आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस ¥यालीमा विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु सहभागी हुनेछन् । नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर मोटर ¥यालीको उद्घाटन गरेका हुन् ।
आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर ¥याली देशव्यापी रुपमा आयोजना गरिएको एन.वाइ.इ.एफ.का अध्यक्ष उदीप श्रेष्ठले बताए । उनका अनुसार यो ¥यालीे जनतालाई अभिप्रेरित गर्ने एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्छ । यसका साथै व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पु¥याउने उनी बताउँछन् ।

Prabhu
Crest

यस मोटर ¥यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने । व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पुग्ने श्रेष्ठ बताउँछन् । देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस ¥यालीको मुख्य उद्देश्य रहेको छ ।

मोटर ¥याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ । त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर ¥यालीको विधिवत समापन हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS