Connect IPS
IME Life

सिटिजन लाइफको साधारण सभा आज,आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आज चैत ११ गते चौथो वार्षिक साधारणसभा गर्दैछ । कम्पनीले भर्चुअल माध्यमबाट छाँयादेवी कम्प्लेक्समा दिउँसो तीन बजे साधारणसभा आयोजना गर्दैछ ।

सभाले सर्वसाधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दैछ । यस भन्दा अगाडी पनि आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । सभाले अध्यक्षको मन्तव्य सहित सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७७/७८ को लागि कम्पनीको लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको नियमावलीको नियम २७, २९ र ३१ मा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि सञ्चालक समितिको अख्तियारी दिने विशेष प्रस्ताव रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७६र७७ मा संस्थागत सामानजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरसको रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना कोषमा कम्पनीको तर्फबाट गरिएको आर्थिक सहायता वापतको ७ लाख ५० हजार रुपैयाँ अनुमोनको लागि पेश गरिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS