काठमाडौं । बीमा समितिले जीवन र निर्जीवन बीमा कम्पनीको न्युनतम पूँजी साढे दुई गुणाले बृद्धि गरेको छ । बीमा समितिको आज बसेको सञ्चालक समितिको बैठकले जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब पुर्याएको हो ।
समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई ३० दिन भित्र तोकिएको न्युनतम चुक्ता पूँजी जुटाउन क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको छ । कम्पनीहरु सँग सुरुमा क्यापिटल प्लान माग गरिएको र त्यस पछि मात्रै के गर्ने भन्ने विषयमा निर्देशन दिइने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।
समितिले तोकेको न्युनतम चुक्ता पूँजी पुरा गर्नका लागि २०७९ चैत मसान्तसम्मको म्याद दिएको छ । यस अवधिमा बीमा कम्पनीहरुले बोनस, हकप्रद शेयर र मर्जर मार्फत पुरा गर्न पाउने अध्यक्ष सिलवालले जानकारी दिए ।
बीमा समितिले ‘क्यापिटल प्लान’ ल्याउदै, सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन