IME Life
Beema Board

चैत १६ गतेदेखि कर्पोरेट डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमा विक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत १६ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने भएको छ । कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि चैत २४ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यस शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

उक्त शेयरमा बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS