IME Life
Beema Board

सानिमा लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको बीमाङ्कीय मूल्याङ्कन अनुसार बोनसदर घोषणा गरेको छ । कम्पनीले मुनाफामा सरिक हुने सम्पूर्ण जीवन बीमालेखहरुको लागि उक्त अवधिको प्रति वर्ष प्रति हजार बीमाङ्कमा बोनसदर निर्धारण गरेको हो ।

सावधिक जीवन बीमा योजना खरिदकर्ताले न्युनतम प्रति हजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ पाउने छन् । जसमा २५ वर्ष भन्दा धेरै अवधिको बीमालेख खरिदकर्ताले प्रतिहजार ७० रुपैयाँ पाउने छन् भने ९ वर्ष भन्दा कम अवधिकाले प्रतिहजार ३५ रुपैयाँ मात्रै पाउने छन् ।

Prabhu
Crest

एकल बीमा शुल्क भुक्तानी गर्न मिल्ने सावधिक जीवन बीमा योजना खरिदकर्ताले पनि न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म पाउने छन् । जसमा २५ वर्ष भन्दा धेरै अवधिको बीमालेख खरिद कर्ताले मात्रै ६५ रुपैयाँ र ९ वर्ष भन्दा कम अवधिको बीमालेखमा प्रतिहजार ३५ रुपैयाँ पाउने छन् ।

कम्पनीको त्रिपल सावधि बीमा योजना खरिद कर्ताले न्युनतम प्रतिहजार २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म मात्रै पाउनेछन् । त्यस्तै दम्पति सावधिक बीमा योजना खरिद कर्ताले न्युनतम प्रतिहजार २० रुपैयाँदेखिअ अधिकतम २० रुपैयाँ पाउने छन् ।

साविधिक तथा आजीवन बीमा योजना खरिद कर्ताले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म पाउने छन् भने अग्रिम भुक्तानी योजना खरिद कर्ताले न्युनतम ३५ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ पाउने भएका छन् । वार्षिक अग्रिम भुक्तानी योजनाको हकमा भने जम्मा २० र २३ रुपैयाँ पाउने छन् ।

प्रस्तुत बोनसदर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी दाबी र चालू बीमालेखहरुमा लागु हुने कम्पनीले जनाएको छ । साथै अर्को बीमाङ्कीय मूल्याङ्कन अनुसार समितिबाट अर्को व्यवस्था गर्न स्वीकृति नभएसम्म उल्लेखित दाबीहरुमा समेत सोही बोनसदर लागु हुनेछ ।

यस वर्ष सानिमा लाइले सबैभन्दा धेरै सावधिक जीवन बीमा योजना बिक्री गरेको छ । यो १५ देखि १९ वर्ष उमेर समुहका व्यक्तिहरुले मात्रै ६ हजार ३३ वटा खरिद गरेका छन् । यस समुहको बोनसदर सम्मा ४२ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS