SKIP THIS

MLBL
IME Life
Beema Board

पूँजी बृद्धि योजनाको हल्लाले बीमा कम्पनीको शेयरमा क्रमिक सुधार, यस्तो छ बीमा समितिको तयारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बृद्धि योजना ल्याउने चर्चाले पछिल्लो समयमा बीमा कम्पनीको शेयर मूल्य क्रमिक रुपमा सुधार भइसकेको छ । शेयर बजारमा तिव्र उछाल आउदा पनि खासै सुधार हुन नसकेका बीमा कम्पनीहरुको मूल्य  पछिल्लो समय भने विस्तारै बढिरहेका छन् ।

Prabhu
Crest

बीमा समितिले आन्तरिक रुपमा पूँजी बृद्धिको तयारी तथा छलफल गरेका विषयले शेयर बजारलाई प्रभावित पारेको हो । दुई महिना बीमा समितिले जोखिममा आधारित पूँजी ‘रिस्क वेस क्यापिटल’ को तयारीले शेयर मूल्य बढेकोमा यस पटक भने पूँजी बृद्धि योजनाले बढिरहेको छ । यहि कारणले मंसिर पुसमा बीमा कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो । तर लगानीकर्ताले अपेक्षा गरे अनुसार यो निर्देशिकाले बीमा कम्पनीलाई पूँजी बढाउन निर्देशन दिएन ।

गत वर्ष अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनका क्रममा भित्रि कारोबार भएको पाए पछि चालु आर्थिक वर्षका लागि बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनमै रोक लगायो । यहि कारणले बीमा कम्पनीको शेयर मूल्यमा  सुधार हुन सकेन । बीमा कम्पनीको क्यापिटल प्लानले दोस्रो बजारमा चलखेल हुने भन्दै बीमा समिति पछिल्लो समय यस विषयमा संवेदनशिल देखिन्छ ।

बीमा कम्पनीहरुको क्यापिटल प्लानको अध्ययनका लागि कार्यदल गठन भए पछि एक दिन शेयर बजारमा उछाल आयो । तर बीमा समितिका पदाधिकारीहरुले तत्काल क्यापिटल प्लान ल्याउने भन्दा पनि अध्ययन मात्रै गर्न लागेको भन्दै सञ्चार माध्यमलाई प्रतिक्रिया दिए पछि दोस्रो दिन सुधार हुन सकेन ।

तर बीमा समितिले जोखिममा आधारित पूँजीलाई सपोर्ट हुने गरी नै पूँजी बृद्धि योजना ल्याउने तयारी गरेको बीमा समितिका एक अधिकारीले जानकारी दिए । रिस्क वेस क्यापिटलका अतिरिक्त बीमा समितिले रेगुलेटरी क्यापिटल तय गर्न सक्ने ति अधिकारीले बताए । यहि आधारमा समितिले पूँजी बृद्धि योजना ल्याउने उनको भनाइ छ । उनले भने ‘शेयर बजारमा मूल्य बढाउन जुन किसिमले हल्ला चालाइएको छ त्यसरी नै तत्काल पूँजी बृद्धि ल्याउने पक्षमा भने हामी छैनौ ।’

पूँजी बृद्धि योजना ल्याउन सबै भन्दा पहिला अहिले गठन भएको कार्यदलले प्रतिवेदन तयार पार्नु पर्यो । उक्त प्रतिवेदनमा समितिले छलफल गर्नेछ । त्यस पछि क्यापिटल प्लानको लागि मापदण्ड बनाउने र त्यस पछि मात्रै बल्ल क्यापिटल प्लान आउने ति अधिकारीले जानकारी दिए । बीमा समितिका अनुसार यो क्यापिटल प्लान अर्को आर्थिक वर्षमा मात्रै कार्यान्वयन हुने गरी आउनेछ ।

यहि कारणले बीमा कम्पनीको शेयर मूल्यमा क्रमिक सुधार देखिएको हो । लगानीकर्ताले अपेक्षा गरे अनुसार बीमा समितिले तत्काल क्यापिटल प्लान ल्याउने देखिदैन । अर्को तर्फ बीमा समितिले क्यापिटल प्लानकै अध्ययनका लागि कार्यदल गठन गरिसकेकाले ढिलो चाढो बीमा समितिले क्यापिटल प्लान ल्याउने देखिन्छ । बीमा कम्पनी आफैमा जोखिमको क्षेत्र हो । यसका लागि बीमा समितिले पूँजी बढाउन चाहने कम्पनीहरुलाई रोक्नु हुँदैन । अर्को तर्फ ओभर क्यापिटलाइज भयो भने पनि बजारका लागि त्यति राम्रो होइन । अहिलेकै क्यापिटल कतिपय कम्पनीका लागि बढि देखिन्छ । त्यस्तै कतिपय कम्पनीका लागि धेरै कम देखिन्छ ।

समितिले जोखिममा आधारित पूँजी सम्बन्धि  निर्देशिका जारी गरिसकेकाले सबै भन्दा पहिला यसलाई कार्यान्वयनमा ल्याउन दिनु पर्ने विज्ञहरु बताउछन् । त्यस पछि बल्ल समितिले आवस्यक्ताका आधारमा रेगुलेटरी क्यापिटल तय गर्नु पर्ने उनिहरुको मत छ ।

अहिले नै क्यापिटल प्लान ल्याउदा आइपिओ निष्काशन नगरेका कम्पनीलाई प्रभाव पार्छ । आइपिओ निष्काशन नगरी क्यापिटल प्लान ल्याउन उनिहरुका लागि पनि समस्या पर्छ । त्यसैले सबैभन्दा पहिला समितिले प्राथमिक शेयर निष्काशन नगरेकालाई प्राथमिक शेयर निष्काशन गर्न लगाउने र बल्ल क्यापिटल प्लान ल्याउन दिनु पर्ने उनिहरुको तर्क छ ।

बीमा समितिले ‘क्यापिटल प्लान’ ल्याउदै, सञ्चालक सन्तोष रिजालको संयोजकत्वमा कार्यदल गठन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS