काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीले सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे गर्ने एक सुचना जारी गर्दै जनाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश सहित कुल ११ दशमलव ५८ लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्तापुस्तिका चैत १७ गते गर्ने जनाएको छ । यस आधारमा चैत १६ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउने छन् ।