काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सका नव नियुक्त अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनलाई बीमा समितिको अध्यक्षसूर्य प्रसाद सिलवालले “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
कम्पनीको २०७८ फागुन २९ मा भएको ३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी हुन् ।