IME Life
Beema Board

यूनियन लाइफद्धारा २१ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको भद्रपुर शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको २१ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

कोरोना संक्रमणका कारण ज्यान गुमाएका भद्रपुर नगरपालिका वडा नं.४ का बिमित विजयसिंह राजवंशीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

मृतक राजवंशीले भद्रपुर शाखामा २०७६ पुस २९ गते २० लाखको वार्षिक अग्रीम भुक्तानी जीवन बीमा गरेका थिए । मृतक राजवंशीले पहिलो किस्ता र दोस्रो किस्ता बापत २ लाख ४ हजार ३५२ रुपैंया भुक्तानी गरेका थिए ।

उक्त दाबी बापतको रकम कम्पनीका प्रदेश १ का प्रमुख भूपराज पराजुली, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवन श्रेष्ठ, भद्रपुर नगरपालिका वडा नं।६ का वडाध्यक्ष प्रेम बडुवाल, एमडिआरटी रबिन शिवाकोटी, राजु पाठक र सिनियर एजेन्सी मेनेजर खिबराज दाहालले मृतक राजवंशीकी श्रीमती ललिता राजवंशीलाई हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS