काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा निर्मल ढकाललाई मनोनयन गरिएको छ । नेपाल सरकार अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको फागुन २२ गतेको पत्र अनुसार सरकारले उप सचिव निर्मल ढकाललाई सञ्चालक पदमा मनोनयन गरेको हो ।
ढकालले फागुन ३० गते सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकरणका कारण यस अगाडीका सञ्चालक अर्जुन भण्डारीले राजिनामा दिएका थिए । भण्डारीले राजिनामा दिए पछि सरकारले ढकाललाई पठाएको हो ।