IME Life
Beema Board

आकर्षक सुविधा सहित नेपाल लाइफको नयाँ बीमा योजना सार्वजनिक, ‘अनमोल जीवन बीमा योजना’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन बीमा योजना’ सार्वजनिक गरेको हो । भनिन्छ मानव जीवन अनमोल छ तर आजको समयमा प्रत्येक व्यक्तिको अनमोल जीवनका हर पलहरु जोखिम नै जोखिमले भरिएको कुरालाई नकार्न सकिदैंन ।

यस्तो जोखिम मानिसको जीवनमा वाचुन्जेल रहिनैरहन्छ । तसर्थ मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बीमाको माध्यमबाट न्यूनिकरण गर्न कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना नामक सावधिक र आजिवनको विशेषता भएको बीमा बजारमा ल्याएको छ ।

Prabhu
Crest

बीमा अवधि भुक्तानी पश्चात  पनि  जोखिम वहन गर्नु को साथै  कम्पनीले बहन गर्ने जोखिम अन्तर्गत बीमितले चाहेका समयमा उक्त जोखिम वहन बापतको समर्पण मूल्य  भुक्तानी लिन सक्नु यो योजनाको मुख्य विशेषता हो ।

सावधिक तथा आजीवनको विशेषता रहेको यो योजना १८ वर्षदेखि ६५ वर्ष उमेर समुहकाले खरिद गर्न सक्नेछन् । यस योजनामा अन्तर्गत ऐच्छिक सुविधा अन्तर्गत एडिवी, पिटिडी र पिडब्लुबि रहेको छ । यो योजना न्युनतम ५ वर्षदेखि अधिकतम ५० वर्ष अवधिसम्मको लागि खरिद गर्न सकिनेछ । बीमा समाप्तीमा अधिकतम उमेर ७० वर्ष रहेको छ ।

बीमा शुल्क वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रुपमा भुक्तानी गर्न सकिनेछ । न्युनतम बीमाङ्क २५ हजार रुपैयाँ रहेको छ भने अधिकतम आफ्नो आयश्रोतको आधारमा तय गर्न पाइनेछ । यो योजना खरिद कर्ताले वार्षिक रुपमा बीमा शुल्क भुक्तानी गरेमा एक प्रतिशत छुट पाउने छन् । अर्धवार्षिक रुपमा छुटको सुविधा छैन । यदि त्रैमासिक रुपमा बीमा शुल्क भुक्तानी गरेमा थप ३ प्रतिशत तिर्नु पर्नेछ । साथै मासिक रुपमा तिरेमा थप ६ प्रतिशत अतिरिक्त लाग्नेछ । बीमितले ऋण तथा समर्पण सुविधा पाउने छन् । ‍

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

ऋण तथा समर्पण सुविधा

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै वीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ । समर्पण मुल्य प्राप्त भएको बीमालेखमा समर्पण मुल्यको ९० प्रतिशत सम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात पनि जोखिम बहन गरी रहने तर बीमितले चाहेमा , पूणर् अवधि भुक्तानि  (Maturity)  भएको ५ वर्ष पूरा भैसकेपछि जुनसुकै समयमा समर्पण गर्न सकिने छ । यसको साथै बीमितले इच्छाइए अनुसार अग्रीम भुक्तानीको रुपमा उल्लेख भए अनुसार समेत भुक्तानी लिन सक्नेछ ।

यसको लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै कुन तरीकाको Survival Benefit लिने भनि उल्लेख गर्नुपर्ने हुन्छ । बीमालेखको वीमा अवधि समाप्ति (Maturity) पश्चात को समर्पण गणना गर्दा शुरुमा नै उल्लेख गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ तर यस्तो सर्मपण रकममा कर्जा प्राप्त हुने छैन ।

बीमा अवधि भुक्तानी पश्चात  को लागि बीमितले बीमा शुरु गर्दाको समयमा नै छनौट गरेको Survival Benefit लिने तरिकालाई आधार मानि समर्पण मूल्य गणना गरिने छ र यस्तो समर्पण रकममा कर्जा प्राप्त हुने छैन । वीमा अवधि समाप्ति (Maturity) पश्चातको समर्पण तथा Survival Benefit सुविधा लिनको लागि Maturity सम्मको सम्पूणर् किस्ता समयमा नै भुक्तानि गरेको हुनुपर्ने छ ।

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) : (ऐच्छिक )
१८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू १,००,००,०००र-(एक करोड) सम्मको दुर्घटना मृत्यु लाभ (ADB) सुविधा लिन सकिने । त्यस्तै एच्छिक सुविधा अन्तर्गत बीमाशुल्क छुट तथा पुणर्अशक्तता लाभ सुबिधा (PTD/PWB) रहेको छ । यो सुविधा १८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड रुपैयाँसम्मको बीमाशुल्क छुट तथा पूणर्अशक्तता लाभ सुविधा लिन सकिने छ ।

एच्छिक सुविधा अन्तर्गत  घातक रोग सुबिधा (Critical Illness Rider) रहेको छ । यो सुविधा १८ वर्ष देखिका बीमितले अतिरिक्त विमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम पचास लाख रुपैयाँ सम्मको घातक रोग सुविधा लिन सकिने छ ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था

पूर्ण अवधि भुक्तानी (Maturity Benefit) बीमालेख चालु रहि बीमा अवधि भुक्तानी  मिति सम्म बीमित जीवित रहेमा बीमा अवधि भुक्तानि को अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुष्ट भुक्तानी पाइनेछ ।

आंशिक अवधि भुक्तानी (Survival Benefit) सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि  समाप्ति पश्चात बीमित जीवित रहिरहेमा तल उल्लेख गरे अनुसारको प्रतिशतमा बीमितले छनौट गरे बमोजिमको बीमाङ्क रकम पूनः प्रदान गरिने कम्पनीले जनाएको छ । जसको लागि बीमा शुरु गर्दाको समयमा नै बीमा अवधि समाप्ति पश्चात कुन तरिकाको बीमांङ्क लिने भनी उल्लेख गर्नुपर्ने हुन्छ ।

क) बीमितको उमेर ७५ वर्ष  पुगे पछि बीमाङ्क रकमको ६०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
ख) बीमितको उमेर ८० वर्ष  पुगे पछि बीमाङ्क रकमको ८०% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।
ग) बीमितको उमेर ८५ वर्ष  पुगे पछि बीमाङ्क रकमको १००% भुक्तानि गरिेने र बीमालेखको अन्त्य हुने ।

यदि बीमाशुल्क भुक्तानि अवधि समाप्ति पश्चात बीमितले आफूले उल्लेख गरेको आशिंक अवधि भुक्तानी उपभोग गर्नु अगावै बीमितको मृत्यु भएमा पुनः पुरा बीमाङ्क रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

मृत्यु दावी भुक्तानी (Death Benefit)

बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट भुक्तानी पाइने छ ।

बीमा लेख चालु रही बीमा अवधि भुक्तानी पश्चात बीमित जीवित रहेमा शर्तहरुको अधिनमा रही  बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित  बोनस  बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी पाइने छ ।

सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अवधि भुक्तानी पश्चातको सुविधा उपभोगको लागि छनौट गरेको उमेर भित्र विमितको मृत्यु भएमा पूनः वीमांङ्क बराबरको रकम पाइने छ ।

बीमा अवधि भुक्तानी पश्चात कुनै पनि घटना घटेमा ऐच्छिक सुविधा (Rider Benefits)  वापतको रकमको दावि भुक्तानी पाइने छैन ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB) लिएको अवस्थामा चालु विमालेख अन्तर्गत बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम + ADB सुविधा वापतको बीमाङ्क रकम +आर्जित बोनश रकम एकमुष्ट भुक्तानी पाइनेछ ।

यदि दुर्घटना मृत्यु लाभ तथा पूर्ण अशक्तता लाभ सुविधा (ADB /PTD/PWB ) लिएको बीमालेख चालु रही बीमा अवधि भुक्तानी भित्र बीमितको दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई पूर्ण अशक्तता भएमा बाँकी बीमाशुल्क भुक्तानीमा छुट दिइनुका साथै पूर्ण अशक्तता सुविधा बराबर रकम मासिक १२० समान किस्तामा अपाङ्ग अशक्त बीमितलाई भुक्तानी गरिनेछ ।

सबै किस्ता बीमाशुल्क भुक्तानी नगरेको बीमालेख Maturity भएमा  बीमा अवधि भुक्तानी पश्चातको थप सुविधा तथा सो अवधिमा कुनै घटना घटेमा घटना वापतको रकम पाइने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS