IME Life
Beema Board

हिमालयन जनरलका सिइओको तलब सुविधा ५२ लाख ४३ हजार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक तलब भत्ता तथा सेवा सुविधा बापत ५२ लाख ४३ हजार ५५४ रुपैयाँ भुक्तानी गरेको छ । यो तलब सुविधा निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशिल बज्राचार्यको हो ।

बज्राचार्यले कार्यकाल बाँकी रहदै केहि समय अगाडी राजिनामा दिइसकेका छन् । घरायसी कारण उनले राजिनामा दिएका हुन् । उनको स्थानमा विजय बहादुर शाह नियुक्त भइसकेका छन् ।

Prabhu
Crest

बज्राचार्यले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता तथा अन्यस सुविधा बापत ५७ लाख ८९ हजार रुपैयाँ बुझेका थिए । कम्पनीको मुनाफामा गिरावट हुँदा नियम अनुसार प्राप्त हुने बोनस रकम घट्दा अघिल्लो वर्षको भन्दा कम प्राप्त गरेका हुन् ।

गत आर्थिक वर्षमा बज्राचार्यले तलब तथा अलाउन्सेस बापत ३८ लाख ९६ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै मुनाफाबाट कर्मचारी बोनस बापत १३ लाख प्राप्त गरेका छन् । कम्पनीले उनको परिवारको दुर्घटना बीमा गरिदिएको छ । यस बापत कम्पनीले ३४ हजार रुपैयाँ प्रमियम भुक्तानी गरिदिएको छ ।

कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले तलब तथा अलाउन्से बापत २ करोड ५६ लाख रुपैयाँ बुझेका छन् । सिइओ तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले गाडी सुविधा, इन्धन, बीमा, टेलिफोन पाउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS