IME Life
Beema Board

नेशनल लाइफका सिइओको वार्षिक तलब सुविधा एक करोड १६ लाख रुपैयाँ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक तलब, भत्ता एवम् बोनस बापत एक करोड १६ लाख ७१ हजार ७२४ रुपैयाँ दिएको छ । यो तलत भत्ता तथा सेवा सुविधा आर्थिक वर्ष २०७६/७७ को हो । यस अवधिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बहादुर बस्नेत थिए । यो सेवा सुविधा निवर्तमान सिइओ बस्नेतको हो । हाल कायम प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले २०७८ जेठदेखि कार्यभार सम्हाल्दै आएका छन् ।

कम्पनी बस्नेतलाई वार्षिक तलब भत्ता बापत ८२ लाख २५ हजार रुपैयाँ दिएको थियो । त्यस्तै नियम अनुसार बस्नेतले कर्मचारी बोनस बापत २४ लाख ४६ हजार रुपैयाँ बुझेका छन् । जवकी यस भन्दा अघिल्लो आर्थिक वर्षमा बस्नेतले जम्मा ८२ लाख २९ हजार रुपैयाँ मात्रै बुझेका थिए । बस्नेतले तलब भत्ता बोनस बाहेक सञ्चयकोष बापत तीन लाख ३० हजार र सञ्चित विदा बापत तीन लाख ३० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

Prabhu
Crest

यस आर्थिक वर्ष २०७६/७७ मा सञ्चालक समितिका सदश्यहरुले बैठक भत्ता बापत १३ लाख ४८ हजार रुपैयाँ बुझेका छन् । यस वर्ष कर्मचारीका लागि २८ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै अभिकर्ताका लागि कमिशन सहित ४० करोड ८६ लाख खर्च भएको छ ।

यस वर्ष कर्मचारीहरुले मुनाफाबाट नियम अनुसार ८ करोड २२ लाख ६४ हजार रुपैयाँ बोनस प्राप्त गरेका छन् ।  कम्पनीले यस आर्थिक वर्षमा ७३ करोड ९१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ । यस आधारमा प्रतिशेयर आम्दानी २४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS