IME Life
Beema Board

प्रभु लाइफका सिइओ नारायण प्रसाद पौडेलको राजिनामा स्वीकृत, बैशाख एक गतेदेखि लागु हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले राजिनामा दिएका छन् । पौडेलले २०७९ बैशाख एक गतेदेखि लागु हुने गरी राजिनामा दिएका थिए । उनले दिएको राजिनामा फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

पौडेल अव चैत मसान्तसम्म रहने छन् । पौडेल २०७६ जेठदेखि प्रभु लाइफको सिइओ पदमा छन् । उनि नेपाल राष्ट्र बैंकबाट अवकास भएको डेढ महिना  पछि  प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनकै कार्यकालमा प्रभु लाइफले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गरेको छ ।

Prabhu
Crest

उनले राजिनामा दिए सँगै कम्पनीले बीमा विज्ञका रुपमा चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई सल्लाहकारमा नियुक्ति गरिसकेको छ । बीमा समितिले केहि दिन अगाडी प्रसाइको नियुक्तिलाई अनुमति समेत दिइसकेको छ । कुलिङ पिरियडका कारण प्रसाई तत्काल कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुन पाउदैनन् । कुलिङ पिरियड सकिने वित्तीकै उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने गरी अहिले विज्ञको रुपमा नियुक्त गरिएको हो । नियामक निकाय बीमा समितिकै स्वीकृति र अनुमतिमा प्रसाई नियुक्त भएका हुन् ।

pli

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS