IME Life
Beema Board

१९ जीवन बीमा कम्पनीका एक्चुअरीले पाए स्वीकृति, एउटै भ्यालुएसनको १० लाखसम्म !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुले प्रस्ताव गरेका एक्चुअरीलाई स्वीकृत प्रदान गरेको छ । एक्चुअरीको नियुक्ति गर्नु अगाडी बीमा समितिबाट अनुमति लिनु पर्ने व्यवस्था सँगै उनिहरुले स्वीकृतिका लागि पेश गरेका थिए ।

जीवन बीमा कम्पनीले नियुक्ति गरेका सम्पुर्ण एक्चुअरी विदेशी छन् । अधिकाम्स एक्चुअरी भारतीय नागरिक रहेका छन् । नेपाल लाइफले सुतिम पट्रामलाइलाई नियुक्त गरेको छ । त्यस्तै नेशलन लाइफले गोपाल भि कुमार, राष्ट्रिय बीमा संस्थानले जिएन अग्रवाल, एलआइसीले सञ्जिव कुमार पुजारीलाई नियुक्त गरेको छ ।

Prabhu
Crest

 

नेपाली बीमा कम्पनीले एक्चुअरीलाई एक्चुअरी प्रतिवेदन बनाए बापत दुईदेखि १० लाख रुपैयाँ भुक्तानी गर्ने गरेका छन् । एउटा एक्चुअरी मूल्याङ्कनका लागि उनिहरुले एकदेखि दुई महिना लगाउने गरेका छन् । विश्वमै एक्चुअरीको संख्या कम भएकाले उनिहरुले नेपाली बीमा कम्पनीलाई कम प्राथमिकतामा राख्ने गरेका छन् । अहिले नियुक्ति भएका व्यक्तिहरु पनि संस्थागत रुपमा प्रतिनिधि हुन् । यसरी संस्था मार्फत एक्चुअरी मूल्याङ्कन गर्दा अझ ढिलाइ हुने गरेको छ । यस्ता संस्थाले विश्वका ठुला ठुला कम्पनीहरुलाई पहिलो प्राथमिकता दिने भएकाले नेपाली बीमा कम्पनी प्राथमिकतामा पर्दैनन् ।

अर्को तर्फ नेपाली बीमा कम्पनीहरुले प्रदान गर्ने एक्चुअरी शुल्क तुलनात्मक रुपमा कम हुन्छ । जति ठुला कम्पनी अझ जति ठुलो दायित्व हुन्छ त्यहि आधारमा एक्चुअरीले शुल्क निर्धारण गर्ने गरेका छन् । यहि कारणले उनिहरुले लिने शुल्कमा एकरुपता छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS