IME Life
Beema Board

तोकिएका जिल्लामा बीमाको प्रचारमुलक कार्यक्रम गर्न समितिको निर्देशन, कसको भागमा कुन जिल्ला (सूचिसहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई जिल्ला तोकेर तोकिएको जिल्लामा बीमा सम्बन्धी प्रचारात्मक कार्य सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले गत १३ गते जीवन बीमा कम्पनीहरुलाई जिल्ला विभाजन गर्ने प्रयोजनका लागि चिठ्ठा कार्यक्रम आयोजना गरेको थियो ।

तत्काल गोलाप्रथाबाट आफ्नो भागमा परेका जिल्ला मध्ये कम्पनीहरु विचको आपसी सहमतिमा जिल्ला साटा साट भएको थियो । यसरी कम्पनीहरुले आपसी सहमतिमा गरेको साटासाट पछि समितिले प्रत्येक कम्पनीलाई चार चार वटा जिल्लाको सूचि तयार पारिदिएको छ ।

Prabhu
Crest

समितिले हिमाल, तराई, पूर्वी पहाड र पश्चिम पहाड अन्तर्गतका जिल्ला छुट्टाएर समावेशी हिसावले वर्गिकरण गरेको थियो । सोहि आधारमा गोलाप्रथा गरी भाग लगाइएको हो । १९ वटै बीमा कम्पनीहरु हिमाली जिल्ला, तराईका जिल्ला, पूर्वी पहाड र पश्चिम पहाडका जिल्लामा पुग्ने छन् । ‍सबैभन्दा ठुलो नेटवर्क भएको नेपाल लाइफ सिन्धुपाल्चोक, रुपन्देही, भक्तपुर र प्युठानमा पुग्नेछ ।

District allocation_20220302_0001 (1)

जीवन बीमा कम्पनीहरुले तोकिएका जिल्लामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्नेछ । अहिले तत्काल यसको कार्यविधि तयार पारिएको छैन । यदि कम्पनीहरुले अटेर गरे भने कार्यविधि बनाउने सोचमा समिति रहेको छ ।

नियमित रुपमा बीमा सम्बन्धी जनचेतनामुलक विभिन्न कार्यक्रमहरु आयोजना गर्नु पर्ने भएको छ । कम्पनीहरुले आफ्नो भागमा परेका जिल्लामा कम्तिमा जीवन बीमा भनेको के हो ? देखि लिएर बीमा सम्बन्धी सामान्य जानकारी आम सर्वसाधारणलाई जानकारी गराउनु पर्नेछ । यसै क्रममा सम्बन्धित जीवन बीमा कम्पनीहरुले आफ्नो जीवन बीमा पोलिसीको प्रचार तथा ब्राण्डिङ समेत गर्न पाउने छन् ।

बीमाको प्रचार प्रसार गर्दै गर्दा बीमा कम्पनीहरुले आफ्नो बीमा योजनाको प्रवर्द्धन समेत गर्न पाउने भएकाले यो थप प्रभावकारी हुने बीमा समितिको धारणा छ । जीवन बीमा व्यवसाय काठमाडौंमा मात्रै केन्द्रित नभइ गाउँ गाउँका सर्वसाधारण बीमाको पहुँचमा आउनु पर्ने बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको धारणा रहेको छ । यसका लागि बीमा कम्पनीले पनि आफ्नो तर्फबाट जनचेतना तथा व्यवसाय अभिबृद्धिको काम गर्नु पर्ने उनले बताए ।

बीमा समितिले यस आर्थिक वर्षमा १०० वटा स्थानीय निकायका जनप्रतिनिधी, सरोकारवाला पक्ष र सर्वसाधारण व्यक्तिहरु सँग बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिसिसकेको छ । अझै ५० वटा जिल्लामा पुग्ने समितिको लक्ष्य रहेको छ । बीमा समितिले गर्दै आएको कार्यक्रम र अहिले जीवन बीमा कम्पनीहरुलाई तोकेर दिएको निर्देशन फरक रहेको समितिले जनाएको छ ।

बीमा समितिले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिरहने र यसका अतिरिक्त बीमा कम्पनीहरुले पनि जनचेतनामुलक काम गर्नु पर्ने समितिको धारणा रहेको छ ।

बीमा समितिले अहिलेलाई जिल्ला मात्रै तोकिदिएको छ । तर तोकिएका जिल्लामा कतिवटा कार्यक्रम, कुन कुन समयमा, कस्तो कस्तो कार्यक्रम भन्ने विषयमा भने मार्गदर्शन बनाएको छैन । यदि कम्पनीहरुले एउटा मात्रै कार्यक्रम गरेर बसे भने यसका लागि मार्गदर्शन पनि बनाउने पक्षमा समिति रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS