काठमाडौं । बीमा समितिले ‘किवी खेती’ र ‘ड्रागन फल खेती’ बीमालेख जारी गरेको छ । समितिले लागत र उत्पादनमा आधारित किवी खेती बीमालेख जारी गरेको हो ।
यस बीमालेखमा उल्लेख भएको किवी खेतीमा हुन सक्ने क्षति विरुद्ध बीमा गर्नको लागी कृषकहरुका लागि यो बीमालेख जारी गरिएको समितिले जनाएको छ । किवी खेतीको बीमालेखले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिको क्षतिपुर्ती दिने व्यवस्था गरेको छ । यस बीमालेख अन्तर्गत २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको पनि सुविधा प्रदान गर्न सकिनेछ । लगातको आधारमा बीमाशुल्क निर्धारण गर्ने व्यवस्था रहेको छ ।
त्यस्तै ड्रागन फलको बीमालेखले पनि अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिकोको क्षतिपुर्ती दिने व्यवस्था गरेको छ ।
एकै क्षेत्रफलमा लगार्एको ड्रागन फल खेतीको आंसिक रुपमा बीमा गर्न पाइने छैन । यहि बीमालेखका आधारमा बीमा कम्पनीले पोलिसी बनाउन सक्ने छन् ।
Kiwi-Policy-किवि-खेती-2078.11.05 Dragon-Fruit-Policy-ड्रागन-फल-खेती-2078.11.05