IME Life

आफ्नै बीमा गर्न खोज्दा अभिकर्ता बनेका होटल व्यवसायी राईले लकडाउनलाई सदुपयोग गर्दा पाए ठुलो राहत

SPIL
NIC ASIA

काठमाडौं । चितवनका याम बहादुर राईलाई नजिकका साथिहरुले जीवन बीमाका लागि प्रस्ताव गरिरहेका थिए । साथिहरुले धेरै नै प्रस्ताव गरे पछि उनि सूर्या लाइफको चितवन शाखा कार्यालयमा बीमा गर्नै भनेर गए तर संयोगले उनलाई सम्पर्क गर्ने व्यक्ति नआए पछि बीमा नगरी फर्किए । त्यस पछि उनको बीमा गर्ने योजना योजनामै सिमित भयो ।

आफ्नै बीमा गर्ने सोच बनाइरहेका याम बहादुर राईको चार वर्ष अगाडी आफ्नै होटलमा नियमित खाजा खान आउने बीमा कम्पनीका शाखा प्रमुख प्रकास लामिछाने सँग बीमा सम्बन्धी कुराकानी भयो । सधै चिया गफ मात्रै हुने लामिछाने सँग यस पटक भने अभिकर्ताको विषयमा छलफल भयो । बीमा गर्ने सोच बनाएका राईलाई लामिछानेले अभिकर्ता बन्न अभिप्रेरित गरे ।

Prabhu
Crest

लामिछानले अभिकर्ता पेशाबाट आर्थिक लाभ हुनुका साथै अरुको सेवा गर्न पाइने भन्दै बीमाको विषयमा राम्रो सँग बुझाइदिए । उनले बीमाको विषयमा सुनेका मात्रै थिए तर नजिकबाट बुझ्न भने पाइरहेका थिएनन् । अर्को तर्फ अभिकर्ता पेशा अपनाउदा आफ्नो होटल व्यवसायलाई पनि सँग सँगै लैजान सकिन्छ भन्ने कुरा बुझे पनि उनि झन आकर्षित भए । त्यस पछि उनले तत्काल अभिकर्ताको तीन दिने तालिम लिए र लाइसेन्स लिए ।

अभिकर्ता पेसाबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कुरा सुन्दै आएका राईले सबैभन्दा पहिला आफ्नै बीमा गरेर अभिकर्ता पेशाको उद्घाटन गरे । यसरी आफ्नै बीमा गरेर अभिकर्ता पेशा सुरु गरेका राईले विस्तारै नातागोता हुँदै नजिकबाट चिनजानका व्यक्तिहरुको बीमा गराए ।

अभिकर्ताको लाइसेन्स लिएका राईलाई सुरुको एक दुई महिना भने धेरै गाह्रो भयो । उनले सुरुमा आफ्नो नातागोताका व्यक्तिहरुलाई प्रस्ताव गरे । बीमाको प्रस्ताव गर्दा नजिककै आफन्तले समेत बीमाको विषयमा नकारात्मक कुरा गर्दा उनलाई केहि असहज भयो ।

बीमा कम्पनीले प्रिमियम संकलन गरेर भाग्छन् भन्नेदेखि लिएर यस्तो काम नगर्न समेत उनलाई आफन्तले सुझाएका थिए । नेटवर्किङ व्यवसायबाट ठगिएका आफन्तले उनलाई यो पेशामा लाग्दै नलाग्न अनुरोध समेत गरे । जसलाई बीमाको प्रस्ताव गरे पनि नेटवर्किङ व्यवसाय सँग जोडेर कुरा गर्न थाले पछि उनलाई धेरै दिक्क पनि लाग्यो ।

तर उनले हरेस खाएनन् । उनकै छिमेकी एक जना डाक्टरको छोरालाई आफु पछि दोस्रो बीमा पोलिसी बिक्री गराए । त्यस पछि भने उनलाई बीमा गराउन सक्छु भन्ने आत्मवल बढ्यो । यसरी क्रमश उनले आफ्ना साथिभाइ हुँदै धेरै आफन्तहरुको बीमा गराइसकेका छन् । हाल उनि सूर्या लाइफको भरतपुर शाखामा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता भित्र पर्न सफल भएका छन् । उनको यस यात्रालाई सूर्या लाइफका प्रकाश लामिछाने तथा शाखा प्रमुखहरुको राम्रो साथ र सहयोग रहेको छ ।

उनको अनुभवमा बीमा गराउन त्यति सजिलो चाँही छैन । बीमा कम्पनीको एउटा कागज दिएर लाखौ रुपैयाँ बीमा शुल्क उठाउनु पर्ने भएकाले मानिसलाई विश्वास दिलाउनु पर्ने हुन्छ । उनि भन्छन् ‘बीमा पोलिसी खरिदका लागि भुक्तानी गर्ने प्रिमियमले घरका लागि धेरै सामान आउछ । फर्निचर नै खरिद गर्ने हो भने धेरै देखिन्थ्यो तर २० लाख ४० लाखको पोलिसी खरिद गराए पछि हामीले दिने भनेको एउटा कागज मात्रै हो ।’

उनले थपे ‘बीमाको फाइदा बेफाइदा, बीमा गरिसके पछि भोलिका दिनमा पाइने आर्थिक लाभ र प्रकृयाँको कुरा गरेपछि सजिलै मान्नु हुन्छ ।’  राईले जुन व्यक्तिलाई बीमाको लागि प्रस्ताव गर्छन् ति व्यक्तिले पहिलो पटक नमाने पनि दोस्रो तेस्रो पटकको अनुरोधमा गराएरै छाड्छन् । यहि कलाले उनि अभिकर्ता पेशामा स्थापित भएका छन् ।

कोभिड १९ को संक्रमण तथा रोकथामका लागि सरकारले लकडाउन गर्दा उनको होटल व्यवसाय ठप्प भयो । तर उनले यस समयलाई सदुपयोग गर्दै अभिकर्ताको काम गरे । यदि उनले होटल व्यवसायलाई मात्रै आधार मानेका हुन्थे भने ठुलो आर्थिक क्षति बेहोर्नु पर्थ्यो । तर उनले यस अवधिमा राम्रो आर्थिक लाभ उठाउन सफल भए ।

तीस चालिस लाख रुपैयाँ लगानी गरेर होटल सञ्चालन गरिएको हुन्छ । यदि होटल चलिदिएन भने कर्मचारीलाई तलब खुवाउनेदेखि लिएर दैनिक खर्च व्यवस्थापन गर्नलाई नै गाह्रो हुन्छ । तर अभिकर्ता व्यवसाय विना लगानी सञ्चालन गर्न सकिने भएकाले यो जोखिम रहित भएको राई बताउछन् । अहिले पनि उने होटल व्यवसायलाई निरन्तरता दिइरहेका छन् । होटल भन्दा बाहेकको समय उनि अभिकर्ताका लागि छुट्टाउछन् ।

उनि पहिलो वर्षमै एमडिआरटीका लागि योग्य हुने अन्तिम विन्दुमा पुगेका थिए । तर उनलाई एमडिआरटीको महत्व थाहा नभएकाले यसको प्रयास नै गरेनन् । त्यस पछिका दुई वर्षमा पनि उनले एमडिआरटी बन्ने गरि भन्दा पनि आफु र आफ्नो श्रीमतिको नाममा व्यवसाय गरे । दुई जनाको बीमा शुल्क जोड्दा एमडिआरटीका लागि आवस्यक बीमा शुल्क भन्दा माथि आर्जन गरिसकेका छन् । यस पटक भने उनले एमडिआरटी बन्ने सोच बनाएका छन् ।

होटल व्यवसायलाई सँग सँगै लिएर जानु पर्ने भएकाले अहिले अभिकर्ताका लागि धेरै समय दिन पाइरहेका छैनन् । अझै पनि उनि आफ्नो खालि समयलाई बीमामै उपयोग गर्न चाहन्छन् । यदि परिवारका अन्य सदश्यले होटल सञ्चालन गरिदिएका खण्डमा उनि आफ्नो सम्पुर्ण समय बीमामै खर्चिन चाहन्छन् । उनले भविष्यमा व्यक्तिग रुपमा गर्दै आएको अभिकर्ता पेशालाई संस्थागत बनाउने सोच बनाएका छन् ।

नेपालमा रोजगारी नपाएर दुवै कतार जान चाहने साथि भाईलाई अभिकर्ता पेसामा आवद्ध गराएर अगाडी बढ्ने सोच बनाएका राईले भविष्यमा संस्थागत रुपमा अगाडी बढ्ने योजना बनाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS