IME Life

स्थापनाको ६ महिनामै हिमालयन रिको बीमा शुल्क आर्जन ३० करोड माथि, नाफा १२ करोड ४७ लाख

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो अवधिमै उल्लेख्य सुधार गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमै २९ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ८ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कुल बीमा शुल्क आर्जन ३० करोड ५५ लाख रुपैयाँ छ ।

७ अर्ब रुपैयाँको चुक्ता पूँजी सहित स्थापना भएको कम्पनीले ६ महिनाको अवधिमा १२ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । पहिलो त्रैमासिक अवधिमा ४ करोड ७६ लाख रुपैयाँ मुनाफा गरेको थियो । कम्पनीले मुनाफाबाट कर्मचारीहरुलाई एक करोड ९८ लाख रुपैयाँ बोनस व्यवस्था गरेको छ । दोस्रो त्रैमासिक अवधिमा खुद दाबी भुक्तानी भने ३० लाख २९ हजार मात्रै छ ।

Meta Holidays
Crest

गत असारमा ७ करोड रुपैयाँ पूँजी सहित स्थापना भएको हिमालयन रिको जगेडा कोषमा १२ करोड ९३ लाख रुपैयाँ जम्मा भएको छ । बीमा कोषमा ४८ लाख १९ हजार रुपैयाँ जम्मा गरेको छ । त्यस्तै महाविपत्ती कोषमा ४ लाख ६० हजार रुपैयाँ जम्मा गरेको छ ।

पुनर्बीमा व्यवसायमा आक्रामक रि इन्स्योरेन्सले क्रेडिट रेटिङ गराइसकेको छ । कम्पनीले एमबेष्टबाट बि रेटिंङ पाएको छ । एएम बेस्टले हिमालयन रिको वित्तीय सक्षमतालाई ‘बि’ फेयर र दीर्घकालीन शेयरजारीकर्ता कम्पनीकोरूपमा ‘डलब बि प्लस’ ‘फेयर’ क्रेडिट रेटिङ प्रदान गरेको छ। कम्पनीले स्वदेशी तथा विदेशी बीमा कम्पनीबाट बीमा शुल्क आर्जन गरिरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS