Connect IPS
IME Life

माघ महिनासम्म यस्तो देखियो नेपालको बीमा बजार (इन्फोग्राफिक सहित )

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालमा बीमा बजार दिन प्रतिदिन फैलिदै गएको तथ्याङ्क देखिन थालेको छ । बीमा समितिले प्रकाशन गरेको २०७८ माघ महिनासम्मको विवरण अनुसार नेपालमा बीमाको दायरामा आएको जनसंख्या ३५ प्रतिशत माथि पुगेको छ भने आर्थिक वर्ष सुरु भएको सात महिनाको अवधिमा जीवन र निर्जीवन बीमा गरेर १ खर्ब माथि बीमा शुल्क संकलन गरेका छन् ।

बीमाको दायरामा आएको जनसंख्या :

Prabhu
Crest

म्यादी र वैदेशिक रोजगारी जीवन बीमा लेख बाहेक बीमाको दायरामा आएको जनसंख्या १९ दशमवल ४४ प्रतिशत पुगेको छ भने म्यादी जीवन बीमालेख सहित बीमाको दायरामा आएको जनसंख्या ३२ दशमवल ३८ प्रतिशत  पुगेको छ।

म्यादी र बैदेशिक रोजगारी जीवन बीमालेख सहित बीमाको दायररामा आएको जनसंख्या ३५ दशमवल १८ प्रतिशत पुगेको छ । एक वर्ष अघि बीमाको दायरामा आएको जनसंख्या २५ दशमलव ६९ प्रतिशत थियो।

बीमा लेख संख्या :

जीवन बीमा तर्फ माघ मसान्तसम्म १ करोड १० लाख बीमा लेख संख्या छ भने निर्जीवन तर्फ १६ लाख ९५ हजार बीमा लेख संख्या छ । जीवन बीमातर्फ बीमा लेख संख्या अघिल्लो माघ मसान्तको तुलनामा ३८ दशमवल ७६ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन तर्फ बीमा लेख संख्यामा समिक्षा अवधिमा ४ दशमवल ४२ प्रतिशतको गिरावट आएको छ।

बीमा शुल्क संकलन :

जीवन बीमा तर्फ माघ मसान्तसम्म ८१ अर्ब ३० करोड बीमा शुल्क संकलन भएकोमा निर्जीवन तर्फ २१ अर्ब ८१ करोड बीमा शुल्क आर्जन भएको छ । २०७७ माघ मसान्तसँग दाँजेर हेर्दा जीवन बीमा तर्फ बीमा शुल्क ९ दशमलव ०६ प्रतिशतले वृद्धि हुँदा निर्जीवन बीमा तर्फ बीमा शुल्क संकलन २२ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ। समग्रमा २०७८ माघ मसान्तसम्म जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ३ अर्ब बीमा शुल्क आर्जन गरेका छन्।

कर्मचारी संख्या र कार्यालय संख्या :

माघ मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या १५ दशमवल ४९ प्रतिशतले वृद्धि हुँदै ३ हजार ३०२ पुगेको छ। अघिल्लो वर्ष माघ मसान्तसम्म सो संख्या २ हजार ८ सय ५९ थियो ।

बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीको संख्या १० दशमवल ८१ प्रतिशतले वृद्धि हुँदै ११ हजार ७४४ पुगेको छ । अघिल्लो वर्ष माघ मसान्तसम्म सो संख्या १० हजार ५ सय ९८ थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS