काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको आइतबारकायम अन्तिम शेयर मूल्य ७३० रुपैयाँको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनश शेयरपछिको मूल्य समायोजन गरी ६८४ रुपैयाँ ४८ पैसा कायम गरेको छ ।
कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोज गर्ने भएकासँगै नेप्सेले बुक क्लोजपछिको मूल्य समायोजन गरेको हो ।
कम्पनीले यस वर्ष गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ६ दशमलव ६५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी रू। १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा लाभांश वितरण गर्न लागेको हो ।