काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थका लागि फागुन १६ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आज फागुन १५ सम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन्।
कम्पनीले आफ्नो २८ औं बार्षिक साधारणसभा फागुन ३० गते गर्ने भएको छ । सभा आफ्नो केन्द्रिय कार्यलयमा गर्ने जनाउको छ ।
कम्पनीले गत आर्थिक बर्षको नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ। प्रस्तावी लाभांश मध्ये ६ दशमलव ५७ प्रतिशत बोनश शेयर र बाँकी ० दशमलव ३५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
२८ औ वार्षिक साधारणसभा संञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलात नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण इक्यूटीमा भएको परिवर्तन र तत् सम्बन्धी अनुसुचीहरु पारित गर्ने प्रस्ताव रहेको छ ।