IME Life
Beema Board

७ महिनामा जीवन बीमा कम्पनीले आर्जन गरे ८१ अर्ब ३० करोड बीमा शुल्क, माघ महिनामा मात्रै १० अर्ब ३८ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड १६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार यी १९ जीवन बीमा कम्पनीहरुले माघ महिनामा मात्रै १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने २ अर्ब ४२ करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको सात महिनासम्ममा ९ अर्ब ७५ करोड ४० लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, यस अवधिसम्ममा नेशनल लाइफले ७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड ७६ लाख, यूनियन लाइफले ४ अर्ब ४२ करोड ३० लाख,एशियन लाइफले४ अर्ब ३ करोड ५५ लाख, मेट लाइफले ३ अर्ब ९ करोड, सिटिजन लाइफले २ अर्ब ९७ करोड ५३ लाख, प्राइम लाइफले २ अर्ब ९६ करोड ३८ लाख, सूर्या लाइफले २ अर्ब ८३ करोड ६५ लाख, सन नेपाल लाइफले २ अर्ब ३९ करोड ५२ लाख,रिलायबल नेपाल लाइफले २ अर्ब २६ करोड २८ लाख, रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यसैगरी यस अवधिमा ज्योति लाइफले १ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९० करोड,गुराँस लाइफले १ अर्ब ८६ करोड ७७ लाख, रिलायन्स लाइफले १ अर्ब ६८ करोड ८७ लाख,सानिमा लाइफले १ अर्ब ३३ करोड, प्रभु लाइफले १ अर्ब १७ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ८१ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS