काठमाडौं । बुधबार थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरबाट ५ हजार १०३ आरटीपीसीआर र ३ हजार ५९० एन्टीजेन गरि कुल ८ हजार ६९३ नमूना परिक्षण गरिएको थियो । जसमध्ये ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ९११ जना कोरोना मुक्त भएका छन् । साथै आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या १० हजार ९० जना रहेका छन् ।