IME Life
Beema Board

एलआइसी नेपालको साधारणसभा सम्पन्न, २० प्रतिशत बोनस शेयर पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १९  औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

भर्चुअल माध्यमबाट विहान ११ बजेदेखि सञ्चालन भएको साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष एमआर कुमारले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सभाले अध्यक्ष कुमारद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, आय व्यय र सोही अवधिको नगद प्रवाह लगायतका विवरणमाथि छलफल गरी पारित गरेको छ ।

Prabhu
Crest

सभाले लेखापरीक्षण समितिको प्रस्तावित आर्थिक वर्ष २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । आज पारित भएको लाभांश गत माघ २३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गरेका छन् ।

सभाले संस्थापक शेयरधनीको आफ्नो स्वामित्वमा रहेको कुल १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, बोनश शेयर पछि कायम हुने पूँजी बृद्धिका सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS