काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित ७ करोड १० लाख रुपैयाँ बोनस शेयर पारित पछि चुक्ता पूँजी एक अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन पाउने छ । साथै साधारणसभाले प्रस्तावित लाभांश पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् ।