IME Life
Beema Board

बीमालेख धितोमा राखेर बीमितले लिए ५७ अर्ब ६९ करोड रुपैयाँ कर्जा, कसरी लिने ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीबाट बीमितहरुले बीमालेख धितोमा राखेर मात्रै ५७ अर्ब ६९ करोड रुपैयाँ ऋण लिएका छन् । बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई आर्थिक समस्या पर्दा बीमालेख धितोमा राखेर कर्जा दिने गरेको पाइन्छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि धितो मूल्याङ्कन हुन पर्छ । तर बीमा कम्पनीहरुले पोलिसीलाई नै धितो मानेर कर्जा दिने भएकाले यसमा बीमितको आकर्षण बढिरहेको छ । गत वर्षको तुलनामा यस वर्ष यस्तो कर्जा २२.४१ प्रतिशतले बढेको छ । गत वर्ष ४७ अर्ब १२ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

Prabhu
Crest

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले पोलिसी खरिद गरेको तीन वर्ष पुरा भए पछि मात्रै कर्जा पाउन सक्छन् । यस भन्दा अगाडी बीमालेख खरिद गरेको २ वर्ष पछि कर्जा पाउने व्यवस्था थियो । यसमा विक्रिति बढ्दै गए पछि समितिले कर्जा पाउन सक्ने अवधि बढाइदिएको हो । ऋणको रकम बढीमा समर्पण मूल्यको नब्बे प्रतिशत र घटीमा एक हजार रुपैयाँसम्म कायम गर्नु पर्ने व्यवस्था छ । समितिले कम्पनीहरुलाई यस्तो कर्जामा बाणिज्य बैंकहरुको प्रचलित व्याजदर भन्दा धेरै नलिन निर्देशन दिदै आएको छ ।

यस वर्ष सबैभन्दा धेरै नेपाल लाइफले बीमितहरुलाई २१ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै दोस्रो धेरै लाइफ इन्स्योरेन्स कर्पोरेसनले १५ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको पाइन्छ । नेशनल लाइफले बीमालेख धितोमा राखेर ६ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको ।

चौथो नम्बरमा रहेको एशियन लाइफले ३ अर्ब ३१ करोड रुपैया कर्जा लगानी गरेको पाइन्छ । यस वर्ष सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थानले यस्तो कर्जा बृद्धि गरेको छ । संस्थाले यस्तो कर्जा ३०० प्रतिशतले बढाएर एक अर्ब ६० करोड रुपैया प्रवाह गरेको छ । पुराना जीवन बीमा कम्पनीहरु प्राइम, मेट लाइफ र सूर्या लाइफले एक अर्ब भन्दा धेरै लगानी गरेका छन् ।

नयाँ जीवन बीम कम्पनी मध्ये सबैभन्दा धेरै युनियन लाइफले ९१ करोड रुपैयाँ बीमालेख धितोमा राखेर कर्जा प्रवाह गरेको छ । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कम रिलायबल नेपाल लाइफले बीमालेख धितोमा राखेर जम्मा ९ करोड ७१ लाख रुपैयाँ मात्रै लगानी गरेको देखिन्छ ।

बीमा कम्पनीहरुले प्राय यस्तो कर्जा अभिकर्ताहरुलाई नै पोलिसी खरिदका लागि दिने गरेको पाइन्छ । अभिकर्तालाई टार्गेट पुरा गर्न यो सबैभन्दा उपयुक्त विकल्प हुने गरेको छ । तर बीमित आफैले पनि आफ्नो आर्थिक खर्च व्यवस्थापनका लागि यस्तो ऋण लिने गरेको पाइन्छ ।

यस्तो कर्जा लिदा बैंकहरुमा जस्तो किस्ता र व्याजका लागि तनाव लिनु नपर्ने भएकाले पनि कतिपय ठुला बीमितले कर्जा लिने गरेका छन् । जीवन बीमालेख निर्देशिका अनुसार बीमा कम्पनीहरुले राष्ट्रिय स्तरका बाणिज्य बैंकहरुको भन्दा धेरै व्याजदर लिन पाउदैनन् । कतिपय कम्पनीहरुले बाणिज्य बैंकहरुको भन्दा पनि धेरै व्याज लिने गरेको चर्चा सुनिने गरेको छ । बीमा कम्पनीहरुले आफ्नो अधिकाम्स रकम बाणिज्य बैंकको मुद्दती निक्षेप तथा साधारण निक्षेपमा जम्मा गर्ने गरेको पाइन्छ ।

बीमालेख धितो कर्जा भनेको बीमितहरूले बीमा कम्पनीहरूबाट खरिद गरेको जीवन बीमालेख धितो राखी लिइने कर्जा हो । कर्जा लिँदा बीमितले बिमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बीमितले कम्पनीमा बुझाएको बिमाशुल्कको आधारमा कम्पनीहरूले कर्जा वितरण गर्दै आएका छन् । बीमा समितिको प्रावधान अनुसार बिमाशुल्कको समर्पण मूल्यांकनपछि कम्पनीहरूले अधिकत्तम ९० प्रतिशतसम्म कर्जा दिन सक्छन् । यस्तो कर्जामा कम्पनीहरूले चलनचल्तीको व्याज लिने गर्छन् । यस्तो कर्जा बीमा अवधिभित्र कुनै पनि समयमा कर्जा गर्न सकिन्छ । भुक्तानीको नभएको अवस्थामा बीमाशुल्कबाट नै कम्पनीले कर्जा असुल गर्छन् ।

बीमितले आफ्नो पोलिसीबाट कर्जा लिन चाहेमा पहिलो तीन वर्षको बीमा शुल्क भुक्तानी गरेको हुनु पर्छ । त्यस्त पछि आफुले चाहेको कर्जा लिनका लागि कुनै पनि बीमा कम्पनीको शाखा कार्यालयमा कर्जाको माग फारम भर्न सक्छन् । कम्पनीले बीमितको सरेण्डर भ्यालु गणना गरेर कर्जा स्वीकृत गर्न सक्छन् । बीमितले आफ्नो पोलिसी फाइल सम्बन्धित कम्पनीको शाखा कार्यालयमा पेश गर्न सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS