IME Life
Beema Board

सूर्या लाइफले शेयरधनी संचरना परिवर्तन गर्दै, नचाहनेले ७ दिन भित्र स्वघोषणा गर्न पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाइफले संस्थापक शेयरधनी संचरना परिवर्तन प्रकृयाँ अगाडी बढाएको छ । कम्पनीले हाल कायम संस्थापक तथा सर्वसाधारण शेयरधनीको अनुपात ६०:४० लाई परिवर्तन गरी संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्न लागेको हो ।

संस्थापक शेयरलाई सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीलाई ७ दिन भित्रमा स्वघोषणा गर्न समय दिइएको छ । यहि कोहि संस्थापक शेयरधनीले संस्थापक समुहमा परिवर्तन हुन नचाहेमा कर्पोरेट कार्यालयमा निवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

यदि कुनै पनि शेयरधनीहरुले परिवर्तन गर्न नचाहेको स्वघोषणा नगरेमा स्वत तोकिए बमोजीमको शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ । कम्पनीले गत पुस १९ गतेको १३ औ वार्षिक साधारणसभाबाट शेयरधनी संचरना परिवर्तनको निर्णय पारित गरेको थियो । साधारणसभाबाट उक्त प्रस्ताव पारित भए सँगै आवस्यक प्रकृयाँ अगाडी बढाएको हो ।

सूर्या लाइफको हालको चुक्ता पूँजी २ अर्ब ५५ करोड २ लाख ८२ हजार १०० रुपैयाँ रहेको छ । हाल संस्थापक समुह तर्फ एक अर्ब ५३ करोड रुपैयाँ छ । संरचना परिवर्तन पछि संस्थापक शेयरधनीको २२ करोड ९५ लाख रुपैयाँको पूँजी स्वत सर्वसाधारण समुहको हुने छ । अर्थात संस्थापक शेयरधनीहरुको २ लाख २९ हजार ५२५ कित्ता दोस्रो बजारमा सजिलै कारोबार योग्य हुनेछ । हाल कम्पनीको सर्वसाधारण समुहको शेयर मूल्य ७४१ रुपैयाँ छ । संस्थापक शेयरधनीहरुले १००/२०० रुपैयाँको संस्थापक शेयर दोस्रो बजारबाट ७४१ रुपैयाँमा खरिद बिक्री गर्न पाउने छन् । यसबाट संस्थापक शेयरधनीहरु लाभांन्वित हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS