IME Life
Beema Board

बीमा कम्पनीको जीवन बीमा कोष ४ खर्ब २७ अर्ब पुग्यो, पुरानालाई पच्छ्याउदै नयाँ कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुको सबैभन्दा महत्वपुर्ण कोष ‘जीवन बीमा कोष’ ४ खर्ब २७ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा मात्रै जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष २४ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुको यस्तो कोष ३ खर्ब ४३ अर्ब रुपैयाँको थियो ।

५ वर्ष आएका जीवन बीमा कम्पनीहरुले एक दशक भन्दा पुराना जीवन बीमा कम्पनीहरुलाई जीवन बीमा कोषमा पनि उछिन्ने अवस्थामा पुगेका छन् । हाल केहि नयाँ जीवन बीमा कम्पनीले केहि निर्जीवन बीमा कम्पनीहरुलाई व्यवसाय तथा अन्य सूचकमा उछिनिसकेका छन् । तर जीवन बीमा कोष तर्फ भने उछिन्न सकिरहेका छैनन् । जीवन बीमा कोष जति वर्ष पुरानो भयो त्यति नै बढ्दै जाने भएकाले यसमा तत्काल टप्न नसकेका हुन् । यस तर्फ पनि केहि वर्ष भित्रै टप्ने देखिन्छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफको जीवन बीमा कोष सर्वाधिक ठुलो छ । नेपाल लाइफको यस्तो कोष गत वर्षको भन्दा २३ प्रतिशतले सुधार हुँदै एक खर्ब २४ अर्ब नाघेको छ । समग्र जीवन बीमा कोषको २९.२३ प्रतिशत कोष नेपाल लाइफ एक्लै सँग छ ।

त्यस्तै दोस्रो ठुलो कोष लाइफ इन्स्योरेन्स कर्पोरेसनको छ । कम्पनीको यस्तो कोष गत वर्षको भन्दा १६ प्रतिशतले सुधार हुँदै ८६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । तेस्रो ठुलो कोष बनाउन सफल नेशनल लाइफले यस वर्ष मात्रै २४ प्रतिशलते बढाएर ४७ अर्ब २१ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थाको जीवन बीमा कोषमा ३८ अर्ब १४ करोड रुपैयाँ जम्मा भएको छ । पाँचौ स्थानमा रहेको एशियन लाइफको जीवन बीमा कोषमा २९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । छैठो नम्बरमा रहेको मेट लाइफको १९ अर्ब ६१ करोड रुपैयाँ छ ।

सातौ नम्बरमा रहेको प्राइम लाइफको जीवन बीमा कोष १६ अर्ब ६१ करोड रुपैयाँको छ । त्यस्तै सूर्या लाइफको १२ अर्ब ५७ करोड र गुराँस लाइफको ११ अर्ब ४८ करोड रुपैयाँ छ । नयाँ जीवन बीमा कम्पनी मध्ये सर्वाधिक धेरै युनियन लाइफको जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ जम्मा भएको छ । युनियनले गुँरास र सूर्या लाइफलाई छिट्टै उछिन्ने संकेत देखिएको छ ।

त्यस्तै नयाँ तर्फ दोस्रो ठुलो जीवन बीमा कोष भएको ज्योति लाइफको ५ अर्ब १४ करोड रुपैयाँ छ । तेस्रो स्थानमा रहेको सिटिजन लाइफले यस पटक जीवन बीमा कोषमा छलाङ मारेको छ । कम्पनीले जीवन बीमा कोष १०३ प्रतिशलते बढाउदै ४ अर्ब ८८ करोड रुपैयाँ पुर्याउन सफल भएको छ । बाँकी कम्पनीहरु क्रमश आइएमई लाइफ तीन अर्ब ८७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ तीन अर्ब ६१ करोड रुपैयाँ, रिलायन्स लाइफ तीन रअब ३६ करोड रुपैयाँ, सन नेपाल लाइफ तीन अर्ब ६ करोड रुपैयाँ, सानिमा लाइफ २ अर्ब ८२ करोड रुपैयाँ, प्रभु लाइफ २ अर्ब ६० करोड रुपैयाँ, प्रभु लाइफ २ अर्ब ६० करोड रुपैयाँ र महालक्ष्मी लाइफको एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS