Connect IPS
IME Life

संसदमा टेबल भयो एमसीसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन् । अर्थमन्त्री जनार्दशन शर्माको अनुपस्थितिमा कार्कीले टेबल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा अन्य दलका संसादहरुको अवरोधकाबीचमा पनि मन्त्री कार्कीले अर्थमन्त्री शर्माको तर्फबाट संझौता टेबल गरेका हुन् । एमसीसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको  बताएका थिए।

Prabhu
Crest

आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेका थिए । २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो । प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण सभामुखले टेबल गर्न दिएका थिएनन् ।

सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसीसी संसद बैठकको कार्यसूचीमा परेको हो । अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ । त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS