IME Life
Beema Board

हिमालयन रिइन्स्योरेन्सले एएमवेष्टबाट पायो अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ, दियो ‘डबल बि प्लस’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डों । निजी क्षेत्रको लगानीमा प्रवर्द्धन गरिएको पूनर्बीमा कम्पनी नेपाल रिइन्स्योरेन्सले एमबेष्टबाट बि रेटिंङ पाएको छ । अन्तर्राष्ट्रिय रेटिंङ एजेन्सीबाट रेटिंङ पाएको यो संभवत पहिलो नेपाली कम्पनी हो ।

एएम बेस्टले हिमालयन रिको वित्तीय सक्षमतालाई ‘बि’ फेयर र दीर्घकालीन शेयरजारीकर्ता कम्पनीकोरूपमा ‘डलब बि प्लस’ ‘फेयर’ क्रेडिट रेटिङ प्रदान गरेको छ। यी क्रेडिट मूल्याङ्कनहरूलाई तोकिएको दृष्टिकोण स्थिर हो।

Prabhu
Crest

मूल्याङ्कनले हिमालयन रिको वासलातको सक्षमतालाई प्रतिबिम्बित गर्छ, जसलाई एएम बेस्टले बलियोरूपमा मूल्याङ्कन गरेको छ । साथै  यसको पर्याप्त सञ्चालन कार्यसम्पादन, सीमित व्यापार प्रोफाइल र उपयुक्त व्यवसायीक जोखिम व्यवस्थापन पनि अध्ययनको क्रममा समेटिएको छ।

एएम वेष्टका अनुसार पूँजी पर्याप्तता अनुपातको अध्ययनको क्रममा हिमालययन रिको वासलातले अगामी पाँच वर्षको लागी जोखिम समायोजन गर्न सक्षम देखिएको छ । प्रारम्भको पाँच वर्षको लागी ७० करोड रूपैयाँको चुक्ता पूँजी व्यवसायीक प्रगतीको लक्ष्य हासिल गर्न सहयोगी हुनेछ । कम्पनीले निकट भविष्यमा जारी गर्ने भनिएको साधारण शेयरले कम्पनीको वित्तीय सबलतालाइ अझै लचिलो बनाउनेछ।

एएम बेष्टले हिमालयन रिले पूँजीको ठूलो हिस्सा मुद्दती निक्षेपमा र बाँकी रकम सुनिश्चित अय प्राप्त हुने सुरक्षणहरूमा लगानी गरेर न्यून जोखिमयुक्त लगानी कायम राख्ने अनुमान गरेको छ।

एएम वेष्टका अनुसार भर्खरै संचालनमा अएको कम्पनीको रूपमा हिमालयन पूनर्बीमाको उच्च सञ्चालन जोखिम र व्यवसाय प्राप्तीको जोखिमका कारण उत्पन्न हुनसक्ने संभावित अस्थिरतामा परेको छ । एएम बेस्टले कम्पनीको सञ्चालन कार्य सम्पादन पर्याप्त रहेको उल्लेख गरेको छ।

हिमालयन रिको अंडरराइटिङ कार्यसम्पादनले प्रारम्भिक वर्षहरूमा नकारात्मक दबाबको सामना गर्ने अनुमान गरिएको छ । आंशिकरूपमा उच्च प्रारम्भिक खर्च र पर्याप्त व्यापारको अभावले गर्दा प्रारम्भमा चुनौती देखिएपनि क्रमशः सुधारको अपेक्षा गरिएको छ।

हिमालयन रिले बीमा समितिबाट गत वर्ष असारमा संचालन इजाजत प्राप्त गरेर कारोबार शुरू गरेको हो ।  बीमा समितिले नेपाली बीमा कम्पनीहरूलाइ अनिवार्यरूपमा स्वदेशी पूनर्बीमकसँगै बीमा गर्नुपर्ने प्रावधान लागू गरेपछि हिमालयन रिलाई प्रारम्भिक चरणमै व्यवसाय प्राप्त गर्न ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था छैन ।

एएमवेष्टका अनुसार हिमालयन रिको जोखिमांकन कार्य सम्पादन पनि राम्रो गुणस्तरको स्वदेशी व्यापार हात पार्न मिल्ने क्षमतामा धेरै निर्भर हुनेछ। एएमवेष्टका अनुसार प्रारम्भिक वर्षहरूमा लगानीको प्रतिफलको मुख्य श्रोत  संभवत  ब्याज आम्दानी नै हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS