काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज नेपाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२ दशमलव ६११ प्रतिशत बोनश शेयर बापत २ करोड ५ लाख २ हजार १ सय १८ दशमलब २३ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनश बापतको २ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ दशमलव ५ प्रतिशत बोनश बापतको ४ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनश बापतको ४ लाख ६० हजार ३० दशमलब ६१२ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।