IME Life
Beema Board

प्रभु क्यापिटलले मासिक रुपमा ग्लोबल मार्केट प्रतिवेदन प्रकाशन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु क्यापिटलले अन्तर्राष्ट्रिय बजारमा भएका विभिन्न आर्थिक घटना तथा क्रियाकलापहरुलाई समेटेर मासिक रुपमा ग्लोबल रिर्पोट प्रकाशित गर्न थालनी गरेको छ । नेप्सेमिटर अन्तर्गत साप्ताहिक तथा मासिक प्रतिवेदन प्रकाशित गरी नेपाली पूँजी बजारमा भइरहेको कारोबार देखि विभिन्न घटनाहरुको बारेमा लगानीकर्ताहरुलाई सुसूचित गर्ने उदेश्यका साथ रिपोर्ट प्रकाशनको थालनी गरिएको प्रभु क्यापिटलले जनाएको छ ।

जसअन्तर्गत क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन मिति २०७८ माघ २७ गते पहिलो संस्करण प्रकाशित गरेको छ । प्रकाशित मासिक ग्लोबल रिपोर्टलाई लगानीकर्ता तथा पाठकहरुले प्रभु क्यापिटलको वेबसाइटमा रहेको नलेज सेन्टर (https://www.prabhucapital.com/knowledge-center) मा पढ्न सकिन्छ ।

Prabhu
Crest

क्यापिटलले जनवरी महिनाको मासिक ग्लोबल मार्केट प्रतिवेदन आज मिति २०७८ माघ २७ गते पहिलो संस्करण प्रकाशित गरेको छ । प्रकाशित मासिक ग्लोबल रिपोर्टलाई सोशल मेडिया प्लेटफर्महरु (भाइबर, फेसबुक, लिंकडिन, ट्वीटर) बाट सजिलै पढ्न सकिनेछ ।

मासिक ग्लोबल प्रतिवेदनमा क्यापिटलले विभिन्न आर्थिक क्षेत्रहरु जस्तैः ग्लोबल मार्केट परीसुचक, कमोडिटी बजार, बैदेशिक मुद्रा विनिमय बजार तथा क्रिप्टो बजार) लाई समेटेर रिपोर्ट प्रकाशित गर्ने छ । यो रिपोर्ट भने अंग्रेजी महिनाको पहिलो सप्ताहमा प्रकाशित गरिनेछ प्रभु क्यापिटलले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS