IME Life
Beema Board

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ पर्यो कि परेन ? हेर्नुहोस् यी ४ साइटबाट नतिजा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । यस पटक प्रभु क्यापिटले साविकको समयमाभन्दा सबैभन्दा छिटो हेर्न मिल्ने व्यवस्था  गर्ने  जानकारी दिएको छ । कम्पनीको आईपीओ नतिजा चार वटा साइटबाट हेर्न सकिनेछ ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रभु क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार कम्पनीको वेबसाइट http://jalpamf.com/ , बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट http://results.prabhucapital.com/ , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

Prabhu
Crest

कम्पनीले माघ २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिने व्यवस्था थियो ।

संस्थाको प्राथमिक शेयर भाग्यमानी ४८ हजार ७९० जनाले १०/१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । प्राथमिक शेयरका लागि २७ लाख ६ हजार ७६७ जनाले आवेदन दिएका थिए । उनिहरु मध्ये बाँडफाँडका लागि २६ लाख ७ हजार जना मात्रै योग्य थिए ।

संस्थाले सर्वसाधारण समुहको ५ लाख २२ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । यस मध्ये ८ हजार कित्ता कर्मचारीहरुले प्राप्त गरेका छन् । त्यस्तै २६ हजार १०० कित्ता सामुहिक लगानी कोष म्युचुअल फण्डले प्राप्त गरेका छन् । उनिहरुलाई बाँडफाँड गरेर बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर ४८ हजार ७९० जनाले १०/१० कित्ताले प्राप्त गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS